×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

२२ असार २०७७

२२ असार, इलाम ।
नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका कारण नेपालको निर्यात क्षमतामा कमी आएको हो ।

Advertisement
Advertisement

गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड छ लाख एक हजार ६७२ किलो निर्यात भएको चिया यस वर्ष सोही समयमा आठ करोड तीन लाख २५ हजार ७८७ किलो मात्र निर्यात भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार चालु आर्थिक वर्ष ०७५–७६ (साउन–जेठ) भन्दा आर्थिक वर्ष २०७६–७७ (साउन–जेठ) मा चिया निर्यातमा उल्लेखनीय कमी आएको हो । चियाको निर्यातमा कमी आएसँगै यसबाट भित्रिने आम्दानीमा समेत ह्रास आएको देखिएको छ ।

प्रवद्र्धन केन्द्रका अनुसार गएको आव (साउन–जेठ)मा रु दुई अर्ब ८९ करोड ३५ हजार बराबरको चियाबाट आम्दानी भित्रिएकोमा यस आव (साउन–जेठ)मा रु दुई अर्ब छ करोड ५३ लाख ६८ हजार बराबर मात्र आम्दानी नेपाल भित्रिएको छ ।

यस्तै नेपालबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने अर्को कृषिजन्य पदार्थ अलैँचीको समेत परिमाण र आम्दानी दुवैमा यस वर्ष गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । गएको आर्थिक वर्ष ०७५–०७६ को जेठ मसान्तसम्ममा ४८ लाख ८० हजार ९८५ किलोको अलैँची विदेश निर्यात भएकोमा यस आर्थिक वर्षको जेठसम्ममा ४३ लाख नौ हजार ५०९ किलो मात्र निर्यात भएको पाइएको छ ।

गएको वर्षको जेठ मसान्तसम्ममा रु चार अर्ब ३५ लाख ८७ हजार बराबरको अलैँचीबाट आय भएकोमा यस वर्षको जेठ मसान्तसम्ममा रु तीन अर्ब ४६ करोड दश करोड ४२ हजार बराबरको मात्र आम्दानी भएको देखिएको छ ।

यसैगरी नेपालबाट निर्यात हुने अदुवामा पनि यस वर्ष ठूलो परिमाणमा गिरावट आएको पाइएको छ । गएको आव २०७५–०७६ (साउन–जेठ)मा एक करोड २८ लाख ८४ हजार ८४ किलो अदुवा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ७६ लाख ८४ हजार ७१६ किलोमा मात्र निर्यात भएको तथ्याङ्कले जनाएको छ ।

गएको वर्षको जेठ मसान्तसम्ममा रु ४२ करोड २१ लाख ६७ हजार २०० बराबरको आय भए पनि यस आवको सोही अवधिमा रु ३६ करोड ५० लाख ८७ हजार बराबरको मात्र अदुवाबाट आम्दानी भएको प्रवद्र्धन केन्द्रले जनाएको छ ।

Advertisement

वैदेशिक व्यापारमा कूल प्रतिशतको तीन दशमलव नौ प्रतिशत हिस्सा ओगट्ने अलैँचीको यस वर्ष १३ दशमलव छ प्रतिशतले आम्दानीमा गिरावट आएको छ भने दुई दशमलव तीन प्रतिशत हिस्सा ओगट्ने चियाको आम्दानीमा २८ दशमलव पाँच प्रतिशत र शून्य दशमलव चार प्रतिशत हिस्सा रहेको अदुवाको १३ दशमलव चार प्रतिशत गिरावट आएको वैदेशिक व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ । (रासस)

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top