दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(नयाँ प्रदेश प्रमुख)
मन्त्रिपरिषदको सिफारिसमा सात वटै प्रदेशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश प्रमुख नियुक्त/सोमनाथ अधिकारी प्रदेश १ सँगै तिलक परियार, बिष्णु प्रसाई, अमिक शेरचन, धर्मनाथ यादव,गोविन्द कलौनी र शर्मिला त्रिपाठी प्रदेश प्रमुखमा नियुक्त ।

२.(महरा कारागार चलान)
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि कारागारमा चलान /डिल्ली बजार कारागारमै राखेर मुद्दा अघि बढाउन अदालतको आदेश ।

Advertisement

३.(विष्णुको वाणी)
प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने नेकपाका महासचिव विष्णु पौडेलको भनाई/ संवैधानिक प्रक्रिया अनुसारनै पदमुक्ति र नियुक्तीको प्रक्रिया सुरु गर्दा अन्यदलहरुसँगको सहकार्यको बाटो बन्द नहुने उल्लेख ।

४.(माधवको मन्त्र)
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल व्रिटिस सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको विपक्षमा उभिए /कुनै पनि मुलुकको दासको रुपमा सेनामा भर्ना हुने कुरा नेपाललाई मान्य नहुने चेतावनी ।

Advertisement

५.(कर्तुतको फैसला)
सांसद मोहम्मदअफताब आलमविरुद्ध दर्जन भन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग दर्ता /कर्तव्य ज्यान लगायतका तीनवटा कसूरमा सर्वस्वसहित जन्म कैदको माग /सम्पत्तिपनि छानबिन हुने ।

६.(केसीको दौड)
चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले डडेल्धुरा पुगी सुरु गरे १७औं सत्याग्रह /डडेल्धुरा तथा डोटीमध्ये एक जिल्लामा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने माग ।

७.(मजदुरको कर्म)
बझाङमा निर्माणाधीन कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चार जना मजदुरहरुको शव निकालियो /अक्सिजनको कमिका कारण निसास्सिएर मृत्यु भएको अनुमान ।

८.(शोकमा बुढीगंगा)
मोरङको बुढीगंगा १ स्थित शान्तिचोकमा सवारी दुर्घटना हुँदा एकैपरिवारका दुईजनाको मृत्यु /विराटनगर आउँदै गरेको मोटरसाइकललाई खनारतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा बाबु डाक्टर र छोरी नर्सको मृत्यु ।

९.(अभियान सफल होस्)
‘हरेक घरः ऊर्जा घर’ अभियान संचालनगर्ने सरकारको तयारी /आर्थिक वर्ष २०८०/०८१ भित्रकरिव १२ प्रतिशत जनतामा नविकरणीय उर्जाको माध्यामबाट स्वच्छ उर्जामा पहुँच पु¥याउने लक्ष्य ।

१०.(डेपुटी निलम्बित)
खराब कर्जा लगायतको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बित /मन्त्रिपरिषद्को निर्देशनपछि श्रेष्ठमाथि छानविन गर्न श्रीरामपौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन ।

११.(पेस्तोलसहित पक्राउ)
छठ पर्वमा आयोजित कार्यक्रममा अटोमेटिक पेस्तोल र गोली बोकी उछृङ्खल गतिविधिगर्ने २ जनालाई मोरङबाट पक्राउ गरी सार्वजनिक/ अन्य अपराधिक क्रियाकलापमा संलग्नताको आशंकामा अनुसन्धान भईरहेको प्रहरीको भनाई ।

१२.(सुन तस्करको जालो)
भोटखोला गाउँपालिका २ को घट्टेखोलामा गएको असोज २७ गते पाँचकिलो सुनसहित पक्राउ परेका तोप्चेन भोटेको बयानको आधारमाथप दुई जना पक्राउ/ पक्राउ परेका माथि थप अनुसन्धान जारी ।

१३.(आक्रमणकारी पक्राउ)
चितवनमा गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने दुईजना पक्राउ /पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने प्रहरीको भनाई ।

१४.(नेपालको जित)
नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपालद्वारा पाँच विकेटले पराजित/ अब नेपालले एमसीसीसँग तीन दिवसीय खेल खेल्ने ।

र,
१५.(प्रदुषित दिल्ली)
भारतको दिल्लीमा पछिल्लो समय वायु प्रदूषणका कारण दशौं लाख मानिसको दैनिकी प्रभावित/ मास्क वितरण गरिएपनि दुषित हावाले आँखामा प्रभाव /खराब ‘भिजिबिलिटी’का कारण ३० वटा उडान प्रभावित ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top