×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026

गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने

१८ कार्तिक २०७६

१८ कात्तिक, काठमाडौँ । 

स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो ।

Advertisement
Advertisement

वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र कालीगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एवं महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार महायज्ञ एवं महोत्सवबाट सङ्कलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको वंश संरक्षण गरिनेछ । गौमहोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले धार्मिक र पर्यावरणीय रूपमा समेत गाईको महत्व ठूलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणका लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवका रूपमा महायज्ञ सञ्चालन गर्नु परेको बताए ।

स्वामी कमलनयनाचार्यको सङ्कल्प र स्थानीयवासीको सक्रियतामा विसं २०७२ मा धाइरिङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरी लोप हुँदै गएका गाईको संरक्षणका लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिए । उनले महायज्ञ एवं गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससँगै गौशालाको दीर्घकालीन व्यवस्थापनका लागि अक्षयकोषसमेत स्थापना गर्ने उद्देश्य राखिएको बताए ।

महायज्ञमा करीब रु पाँच करोडभन्दा बढी आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञको व्यवस्थापनसँगै छिमेकी जिल्ला, स्थानीय तहहरु र देशव्यापीरूपमा प्रचारप्रसारलाई तीव्रता दिइएको समितिका उपाध्यक्ष शिव जिसीले जानकारी दिए ।

महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्यसँगै पण्डित सुदर्शन बरालको कथा वाचन र प्रवचन रहनेछ । जलजला गाउँपालिका र कुस्मा नगरपालिकाले संयोजन गरेको महायज्ञमा रु पाँच हजार ५५५ भन्दा बढी सहयोग दिने दाताहरुलाई आयोजक घोषणा गरिने प्रस्ताव गरिएको छ भने महोत्सव अवधिभर एक हजारभन्दा बढीलाई आयोजक सदस्य बनाउने लक्ष्य लिइएको आयोजक समितिका वरिष्ठ उपाध्यक्ष डण्डपाणि रिजालले जानकारी दिए । अहिलेसम्म ४०० जनाले आयोजक सदस्य बनेका छन् ।

कालञ्जर क्षेत्र र गौशालाको विकासका लागि आयोजित महायज्ञलाई सफल बनाउन गाउँपालिकाले समेत आवश्यक पहल गरेको जलजला गाउँपालिका–४ का वडाध्यक्ष भीष्म मल्लले बताए । उनले यसअघि गाउँपालिकाले गौशालाको पूर्वाधार निर्माण र कालञ्जर पर्वतको विषयमा डा.जगन्नाथ रेग्मीले तयार पारेको पुस्तक प्रकाशनमा समेत आर्थिक सहयोग गरेको जानकारी दिए ।

विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सवले गाईको महत्व बढाउने र गौशालाको पूर्वाधार विकाससँगै म्याग्दीको भुरुङतातोपानीदेखि पर्वतको जलजला, हम्पाल हुँदै पातिचौरसम्मको क्षेत्रलाई समेटिएको कालञ्जर पर्वतको ऐतिहासिक महत्व र सम्भावना उजागरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानाकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिका रूपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ ।

गाईको महत्व यस्तो छ

पछिल्लो समय गाईपालन हराउन थालेसँगै लोप हुन लागेको गाईको धार्मिक र पर्यावरणीय महत्व रहेको छ । हिन्दू धर्मावलम्बीहरुले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख छ ।

हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म नै अति आवश्यक जनावर मानिन्छ । गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ । गाईको मल खेती गर्नका लागि अति उपयोगी मानिन्छ भने गाईको प्रशोधन गरिएको गहुँत आयुर्वेद औषधि बनाउन प्रयोग गरिने भएकाले असीमित महत्व बोकेको गाई संरक्षणका लागि पहल थालिएको महायज्ञ आयोजक समितिले जनाएको छ ।

मानव सभ्यतासँग जोडिएको गाईको दूध, दही, घ्यू पोषिलो हुने मान्यता रहेको छ । गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुने बताइएको छ । परम्परागत समाजमा गाईपालन बृहत् रूपमा हुँदै आए पनि पछिल्लो समय भने बिस्तारै हराउँदै जान थालेको छ ।

बृहत् गाईपालनको योजना प्रस्ताव

गाई संरक्षणलाई प्रमुख उद्देश्य राखिएको गौमहोत्सवबाट सङ्कलन हुने रकमबाट अहिले धाइरिङमा रहेको गौशालाको क्षमता विस्तार गरी गाईपालनलाई बृहत् बनाउने योजना अघि सारिएको छ । मूल आयोजक समितिले धाइरिङदेखि माथि विशाल जङ्गल रहेको र चरन क्षेत्रको अभाव नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजना अघि सारेको हो ।

गौशालाको क्षमता विस्तार गर्न सकेमा अहिले बेनी, बागलुङ र कुश्मामा छाडा छोडिएका गाईलाई गौशालामा लगेर व्यवस्थित गरिनेछ । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ ।

गौशालामा पालिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलका रूपमा उपयोग गर्ने योजना बनाइएको आयोजक समितिका आर्थिक संयोजकसमेत रहेका वरिष्ठ उपाध्यक्ष रिजालले जानकारी दिए ।

Advertisement

महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचनसँगै गाई पूजा, गौदान भजनकीर्तनसमेत प्रस्तुत गरिनेछ ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top