दिनभरका प्रमुख खबरहरु

२२ कात्तिक ७६, शनिबार
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(हरिबोधनी एकादशी)
आज हरिबोधनी एकादशी/सनातन धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाए /भगवान विष्णुको प्रतीक तुलसीको आज पूजाआजा गर्ने चलन ।

२.(गो ब्याक इन्डिया !)
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र कांग्रेसनिकट नेपाल विद्यार्थी संघद्वारा भारतविरुद्ध चर्को नाराबाजी / नेपाली भूमि फिर्ता नगरे भारतको डटेर सामना गर्ने चेतावनी/ दुतावासअघि विद्यार्थीले जलाए भारतको नक्सा ।

३.(पुत्ला जल्यो)
भारतले नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा कञ्चनपुरसहित देशका विभिन्न ठाँउमा प्रदर्शन /प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन ।

४.(सरकारलाई प्रश्न)
नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भिर नभएको नेपाली कांग्रेसका नेता एनपी साउदको आरोप / परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तीमा हस्ताक्षर गर्ने अधिकारको नाम समेत नलेखिएबाट सरकार गम्भिर नदेखिएको तर्क ।

५.(आलमको तिक्डम)
सांसद अफताब आलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको तर वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै श्रीमती अमना खातुनद्वारा निवेदन पेश /आलमको थुनछेक वहस जारी ।

६.(घटना खुल्दैछ)
रौतहट काण्डमा मुछिएका शसस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा भेटिए / इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी / आलमको निर्देशनमा घाइतेलाई लामाको गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म र्पुयाइएको खुलासा ।

७.(सरकारको अटेर)
अन्त शुल्क स्टिकर छपाईसम्बन्धि काम तत्काल अघि नबढाउन संसदीय समितिको निर्देशन / अन्त शुल्क स्टिकर छपाई गर्दा नेपाली कम्पनीहरुले पनि भाग लिने गरी सर्तहरु राख्न गरिएको आग्रह सरकारद्दारा अटेर ।

८.(सुरक्षालाई ऋण)
सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण प्रवाह गर्ने सरकारको तयारी / घरजग्गा वापत बढिमा १ करोड र शैक्षिक कर्जा बापत बढिमा ३५ लाख प्रवाह गर्ने कार्यविधि ।

९.(सहयोगीसँग छलफल)
नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु / युरोपेली सघले नेपाल सरकारलाई उपलब्ध गराउदै आएको व्यापार,ऊर्जा, विज्ञान लगायतका विकासका कार्यक्रमको बारेमा पनि छलफल गरिने ।

१०.(रोकिएन अबैध उत्खन्न)
मोरङको चिसाङ् खोलामा अबैध रुपमा ढुङ्गा उत्खन्न गरी लोड गरी रहेको अबस्थामा तीन ट्रयाक्टर प्रहरी नियन्त्रणमा / ट्रयाक्टर धनी, चालक र सह–चालकहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति मोरङ्ग पठाईयो ।

११.(शिक्षाको गुणस्तर अभियान)
सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा महावीर पुनको उपस्थितिमा विद्यालय शिक्षाको गुणस्तर सुधार अभियानसम्बन्धी विराटनगरमा अभिमुखिकरण / डिजिटल शिक्षा प्रणालीमार्फत व्यवहारिक शिक्षा दिनुपर्नेमा विज्ञहरुको जोड ।

१२.(रेलमार्गको रफ्तार)
सात महिना अघिदेखि रोकिएको भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने / दोस्रो खण्ड अन्तर्गत बुधनगर लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटरको काम अगाडि बढाइने ।

१३.(क्रिकेटलाई वेवास्ता)
नेपालमा हुने १३ औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने / टेष्ट मान्यता प्राप्त देशले यू २३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले क्रिकेट नखेल्ने ।

१४.(नेपालको हार)
पाहुना टिम एमसीसीविरुद्धको तीन दिवसीय क्रिकेटमा शुक्रबार भएको खेलमा नेपालको लज्जास्पद हार / नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित ।

र,
१५.(ब्राजिलको कानुन)
फौजदारी मुद्दामा पहिलो सुनुवाइ हुँदा हारेमा अभियोग प्रमाणित नहुँदासम्म जेल जानैपर्ने फैसला ब्राजिलको सर्वोच्च अदालतले उल्टायो / पूर्व राष्ट्रपति लुला डे सिल्भा छुट्न सक्ने / यो प्रावधानले पाँच हजारभन्दा बढीको फेरि सुनुवाई हुने ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top