दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(साधारण तारेखमा रिहा)
जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साह साधारण तारेखमा रिहा / ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपनि दुई दिन अघि नै अनुसन्धान गरिसकेको प्रहरीको भनाई ।

२.(पुनः पक्राउ)
अदालतमा धरौटी बुझाएलगत्तै विप्लव नेतृत्वको कास्की सेक्रेटरीसहित ४ जना पुनः प्रहरी नियन्त्रणमा / राज्यले गैरकानुनी रुपमा आफूहरुलाई पटक पटक गिरफ्तार गर्ने गरेको प्रतिबन्धितहरुको आरोप ।

Advertisement

३.(पन्तको प्रतिबद्धता)
नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको प्रतिवद्धता / एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने उल्लेख ।

४.(तत्काल सम्भव छैन)
सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकाले आफूलाई प्रश्न नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालको आग्रह / तत्काल मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर ।

Advertisement

५.(शिक्षामन्त्रीको प्रतिबद्धता)
विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखे्रेलको प्रष्टोक्ति / सामुदायिक क्याम्पसहरुको समस्यालाई ध्यानमा राखी आवश्यकताका आधारमा अनुदानमा वृद्धि गर्ने प्रतिवद्धता ।

६.(ऐन कार्यान्वयनमा जोड)
बाल अधिकारसम्बन्धि ऐनहरुको कार्यान्वयनका लागि सम्बन्धित निकायहरुको प्रतिवद्धता र क्रियाशीलताको आवश्यक्तामा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको जोड / मौलिक हकहरुको प्रचलनका लागिसमेत बाल न्यायसम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख ।

७.(अदालतको आदेश)
पालिकाका पदाधिकारीको मासिक पारिश्रमिक रोक्न सर्वोच्च अदालतको आदेश / प्रदेश नम्बर १ बाहेक ६ वटा प्रदेशसभामा संवैधानिक प्रावधानविपरीत कानुन निर्माण भएको भनी दायर रिट निवेदनको सुनुवाइपछि कानुन खारेज ।

८.(उपनिर्वाचनको तयारी)
मंसीर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २१ गते बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगद्वारा सार्वजनिक / एक संघीय निर्वाचन क्षेत्र, तीन प्रदेशसभा निर्वाचन क्षेत्रसहित विभिन्न पदका लागि ५२ ठाउँमा उपनिर्वाचन हुँदै ।

९.(डिपो सञ्चालक पक्राउ)
निर्माण सामग्री विक्रीमा ठगी गरेको आरोपमा शुक्रबार काठमाडौंबाट २३ वटा डिपोका संचालकसहित ३५ वटा ट्रक प्रहरीद्वार नियन्त्रण / ट्रक भित्रै बाकसजस्ता फलामका बस्तु बनाएर निर्माण सामग्रीको विक्रीमा ठगी गर्ने गरेको खुलासा ।

१०.(शर्माको माग)
आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग नेपाली काँग्रेसको माग / नेपालको समृद्धिमा योगदान गर्न बाह्य मुलुकमा रहेका सबै समूदायलाई प्रवक्ता विश्वप्रकाश शर्माको आग्रह ।

११.(राष्ट्रिय आविष्कार केन्द्र)
युवा वैज्ञानिक महावीर पुनको नेतृत्वमा काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना / नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन केन्द्रले आवश्यक सहयोग गर्ने ।

१२.(अवरोध हट्यो)
दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा उत्पन्न अवरोध हटाउन मुख्यमन्त्री शेरधन राई,सांसद अमनलाल मोदी, प्राधिकरणका निर्देशक कुलमान घिसिङ लगायतविच छलफल÷ निमार्ण ४५ दिनभित्रमा सक्ने सहमति ।

१३.(अवैद्य कारोवार)
विराटनगरको विभिन्न स्थानबाट अबैध रूपमा भन्सार छलि भारतबाट ल्याउदै गरेको करिव १ लाख १५ हजार बराबरको सामान प्रहरीद्वारा बरामद / आवश्यक कारवाहीको लागि सामान भन्सार कार्यालय रानीमा बुझाईएको प्रहरीको भनाई ।

१४.( विराटनगर र्शीष स्थानमा)
वुमेन च्याम्पियन्स लिग क्रिकेटमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगर टाइटन्सको लगातार दोस्रो जित / ललितपुर फाल्कोन्स चितवन राइनोजसँग ८९ रनले पराजित / पोखराले अब शनिबार चितवनसँग खेल्दा, ललितपुरले आइतबार काठमाडौंसँग खेल्ने ।

र,
१५.(दोहोरो झडप)
मेक्सिकोको उत्तरी क्षेत्रमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच झडप क्रममा दोहोरो गोली हानाहान / तस्करीको सबै कारोबार सम्हालेका गजम्यान लोपेजलाई नियन्त्रणमा लिने प्रयास जारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top