×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

धरौटी बुझाएलगत्तै विप्लवका कास्की सेक्रेटरीसहित ४ जना पुनः पक्राउ

१ कार्तिक २०७६

१ कार्तिक, पर्वत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पुनः नियन्त्रणमा लिएको छ ।

प्रहरीले जिल्ला अदालत पर्वतको आदेशमा जनही ५ हजार धरौटीमा छुटेका नेकपा कास्की जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका २ का ४१ वर्षीय जंगबहादुर भण्डारी, नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भोजपुर जिल्ला भोजपुर नगरपालिका १२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका ६ का २७ वर्षीय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका ६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारीलाई कात्तिक १ गते अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement

प्रहरी हिरासतमा रहेका चारै जना नेकपाका कार्यकर्तालाई पर्वत जिल्ला अदालतले असोज २८ गते जनही ५ हजार धरौटी बुझाउने गरी रिहा गर्ने आदेश दिएको थियो । आदेशअनुरुप रकम बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका थिए ।

कात्तिक १ गते धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाइसकेपछि प्रहरीले पुनः पक्राउ गरेको हो । उनीहरुलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै जेठ २५ गते अन्नपूर्ण गाउँपालिका–११, उरी स्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठक बसिरहरेको बेला नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको थियो ।

नियन्त्रणमा रहेका चारै जना प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुले बिन पक्राउ पुर्जी कानुनी राज्यको उपहास गरी आफूहरुलाई पटक पटक नियन्त्रणमा लिएको भन्दै विरोध गरेका थिए ।

अदालत परिसरमा नै पत्रकार सम्मेलन गरी उनीहरुले राज्यले गैरकानुनी रुपमा आफूहरुलाई पटक पटक गिरफ्तार गर्ने गरेको कास्की जिल्ला सेक्रेटरी भण्डारीले आरोप लगाए ।

Advertisement
Advertisement

चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top