Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(साधारण तारेखमा रिहा)
जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साह साधारण तारेखमा रिहा / ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपनि दुई दिन अघि नै अनुसन्धान गरिसकेको प्रहरीको भनाई ।

२.(पुनः पक्राउ)
अदालतमा धरौटी बुझाएलगत्तै विप्लव नेतृत्वको कास्की सेक्रेटरीसहित ४ जना पुनः प्रहरी नियन्त्रणमा / राज्यले गैरकानुनी रुपमा आफूहरुलाई पटक पटक गिरफ्तार गर्ने गरेको प्रतिबन्धितहरुको आरोप ।

३.(पन्तको प्रतिबद्धता)
नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको प्रतिवद्धता / एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने उल्लेख ।

४.(तत्काल सम्भव छैन)
सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकाले आफूलाई प्रश्न नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालको आग्रह / तत्काल मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर ।

५.(शिक्षामन्त्रीको प्रतिबद्धता)
विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखे्रेलको प्रष्टोक्ति / सामुदायिक क्याम्पसहरुको समस्यालाई ध्यानमा राखी आवश्यकताका आधारमा अनुदानमा वृद्धि गर्ने प्रतिवद्धता ।

६.(ऐन कार्यान्वयनमा जोड)
बाल अधिकारसम्बन्धि ऐनहरुको कार्यान्वयनका लागि सम्बन्धित निकायहरुको प्रतिवद्धता र क्रियाशीलताको आवश्यक्तामा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको जोड / मौलिक हकहरुको प्रचलनका लागिसमेत बाल न्यायसम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख ।

७.(अदालतको आदेश)
पालिकाका पदाधिकारीको मासिक पारिश्रमिक रोक्न सर्वोच्च अदालतको आदेश / प्रदेश नम्बर १ बाहेक ६ वटा प्रदेशसभामा संवैधानिक प्रावधानविपरीत कानुन निर्माण भएको भनी दायर रिट निवेदनको सुनुवाइपछि कानुन खारेज ।

८.(उपनिर्वाचनको तयारी)
मंसीर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २१ गते बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगद्वारा सार्वजनिक / एक संघीय निर्वाचन क्षेत्र, तीन प्रदेशसभा निर्वाचन क्षेत्रसहित विभिन्न पदका लागि ५२ ठाउँमा उपनिर्वाचन हुँदै ।

९.(डिपो सञ्चालक पक्राउ)
निर्माण सामग्री विक्रीमा ठगी गरेको आरोपमा शुक्रबार काठमाडौंबाट २३ वटा डिपोका संचालकसहित ३५ वटा ट्रक प्रहरीद्वार नियन्त्रण / ट्रक भित्रै बाकसजस्ता फलामका बस्तु बनाएर निर्माण सामग्रीको विक्रीमा ठगी गर्ने गरेको खुलासा ।

१०.(शर्माको माग)
आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग नेपाली काँग्रेसको माग / नेपालको समृद्धिमा योगदान गर्न बाह्य मुलुकमा रहेका सबै समूदायलाई प्रवक्ता विश्वप्रकाश शर्माको आग्रह ।

११.(राष्ट्रिय आविष्कार केन्द्र)
युवा वैज्ञानिक महावीर पुनको नेतृत्वमा काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना / नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन केन्द्रले आवश्यक सहयोग गर्ने ।

१२.(अवरोध हट्यो)
दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा उत्पन्न अवरोध हटाउन मुख्यमन्त्री शेरधन राई,सांसद अमनलाल मोदी, प्राधिकरणका निर्देशक कुलमान घिसिङ लगायतविच छलफल÷ निमार्ण ४५ दिनभित्रमा सक्ने सहमति ।

१३.(अवैद्य कारोवार)
विराटनगरको विभिन्न स्थानबाट अबैध रूपमा भन्सार छलि भारतबाट ल्याउदै गरेको करिव १ लाख १५ हजार बराबरको सामान प्रहरीद्वारा बरामद / आवश्यक कारवाहीको लागि सामान भन्सार कार्यालय रानीमा बुझाईएको प्रहरीको भनाई ।

१४.( विराटनगर र्शीष स्थानमा)
वुमेन च्याम्पियन्स लिग क्रिकेटमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगर टाइटन्सको लगातार दोस्रो जित / ललितपुर फाल्कोन्स चितवन राइनोजसँग ८९ रनले पराजित / पोखराले अब शनिबार चितवनसँग खेल्दा, ललितपुरले आइतबार काठमाडौंसँग खेल्ने ।

र,
१५.(दोहोरो झडप)
मेक्सिकोको उत्तरी क्षेत्रमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच झडप क्रममा दोहोरो गोली हानाहान / तस्करीको सबै कारोबार सम्हालेका गजम्यान लोपेजलाई नियन्त्रणमा लिने प्रयास जारी ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.