×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

विमानस्थल तोडफोड आरोपमा पक्राउ परेका सांसद साह साधारण तारेखमा रिहा

१ कार्तिक २०७६

१ कार्तिक, धनुषा । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा नेपालका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाको इजलास नं. ३ का न्यायाधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएका हुन् । शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भएलगतै साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।

Advertisement
Advertisement

गएको सोमबार जनकपुर विमानस्थलमा बुद्ध एअरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाण्डौस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रहरीले जनकपुर ल्याएको थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । सांसद साहलाई ४ दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिए पनि प्रहरीले भने दुई दिन अगाडि नै घटनाको अनुसन्धान गरिसकेको बताएको छ ।

Advertisement
Advertisement

नागरिक उड्डयन प्राधिकरणले सांसद साहमाथि गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top