दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(चिनियाँको उदण्डता)
घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप / झडपमा डिएसपीसहित ६ जना घाइते /फुटपाथमा बसेर धर्ना ।

२.(संक्रमित बढे)
थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नेपालमा कोरोनाको कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुग्यो / विभिन्न स्थानबाट ३० जना संक्रमित डिस्चार्ज ।

Advertisement

३.(पछिल्लो अपडेट)
अहिलेसम्म कुल पीसीआरबाट १५ हजार ४ सय ९२ र आरडिटीबाट ५४ हजार ५ सय ३१ वटा परीक्षण/अहिले सम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा /१ सय ३५ जना आइसोलेसनमा ।

४.(कोराना विजेताहरु)
विराटनगरको कोशी अस्पतालमा उपचाररत उदयपुर भुल्केका थप ८ जना संक्रमितहरु कोरोनामुक्त भएर डिस्चार्ज /७ जनालाई विराटनगर रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखिने/उदयपुर भुल्केकी महिलालाई घरमै पठाइयो ।

Advertisement

५.(लकडाउन खुकुलो)
कोभिड—१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको आज ४६ औं दिन पूरा /पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय भएपछि भिडभाड बढ्दो ।

६.(सांसदको स्वाव संकलन)
आज पनि प्रतिनिधिसभा र राष्ट्रिसभाका ६३ जना सांसदहरुको पिसिआर परीक्षणका लागि थ्रोट स्वाव संकलन/ हिजो स्वाव संकलन गरिएका २ सय १२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ ।

७.(प्रधानमन्त्रीको राजीनामा माग)
गम्भीर लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न तथा संरक्षणमा लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आग्रह /आत्मसमीक्षा गर्ने हो भने गैरलोकतान्त्रिक गितिविधिमा संलग्न भएका कुरा मनन् गर्न सुझाव ।

८.(बजेट अधिवेशन सुरु)
संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु/ जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने /पिसिआर परीक्षणको दायरा बढाउन र विदेशमा रहेका नेपालीहरुको उद्धार गर्न राष्ट्रियसभा सांसद्हरुको माग ।

९.(नैतिकताको प्रश्न)
सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भनाई /सरकारको अधिनायकवादी नियतविरुद्ध निरन्तर लड्ने कांग्रेस सभापति शेरबहादुर देउवाको चेतावनी ।

१०.(अपहरणको अनुशन्धान)
सांसद डा. सुरेन्द्रयादव प्रकरणमा नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजी सर्बेन्द्र खनालबिरुद्ध अनुसन्धान सुरु/डा. यादवको उजुरीका आधारमा अनुसन्धान टोली महोत्तरीतर्फ प्रस्थान ।

११.(एमसीसीको अड्को)
नेपालसँग गरेको सम्झौताअनुसारै एमसीसी अनुमोदित भएको हेर्न चाहेको अमेरिकाको प्रतिक्रिया /सम्झौता अनुसार विद्युतीय र सडक पूर्वाधार निर्माण नेपाली जनताको लागि फाइदाजनक हुने अमेरिकी राजदूतावासद्वारा उल्लेख ।

१२.(विकासका एजेण्डा)
सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न राष्ट्रियसभा समितिको सुझाव/जलवायु परिवर्तन र कोभिड—१९ विश्वकै मुद्दा भएकोले नेपालले अब नयाँ ढंगले विकासलाई सोच्नुपर्ने बेला आएको उल्लेख ।

१३.(भूमि मिचाहा भारत)
नेपाली पक्षसँग कुनै सल्लाह नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको धार्मिकस्थल मानसरोवर जाने सडक मार्गको भारतद्वारा उद्घाटन/लिपुलेक क्षेत्र लिम्पियाधुरा क्षेत्रदेखि निकै वर नेपाली भागमा रहेको सीमाविद्को दाबी ।

१४.(परियोजना ठप्प)
लकडाउन लागू भएपछि राष्ट्रिय गौरवका १९ आयोजनाहरुको काम प्रभावित भएको राष्ट्रिय योजना आयोगको भनाई /अव परियोजना छनौट र कार्यान्वयनका लागि मन्त्री,सांसद लगायत सवैको सोच परिवर्तन हुनुपर्नेमा जोड ।

र,
१५.(विश्वको कहर)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म २ लाख ७१ हजार बढीको मृत्यु/ ३९ लाख ३४ हजार बढी संक्रमित /१३ लाख ५० हजार बढी निको भएर घर फर्किए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top