दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नाघ्यो ६ हजार)
नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो / सोमबार ४ सय ५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संख्या ६ हजार २ सय ११ पुग्यो /१ हजार ४१ जना संक्रमित उपचारपछि निको भए ।

२.(भरिदै क्वारेन्टिन)
आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीसीआर परीक्षण /२ लाख १९ हजार ३ सय ३६ वटा आरडिटी परीक्षण /५ हजार १ सय ५१ जना उपचाररत रहँदा १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टिनमा ।

Advertisement

३.(थप सजग बनौं)
सरकारी तथा गैरसरकारी कार्यालयहरु आजबाट खुले/सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पनि सञ्चालनमा÷जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन भएपछि सडकमा सवारीको चाप बढ्दो ।

४.(प्रधानमन्त्रीको ज्ञान)
बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रियाको सुरुवात गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /एसइईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरेको उल्लेख /मुलुकमा अव कुनैपनि आन्दोलनको जरुरी नभएको भन्दै अव मुलक बन्नेमा ढुक्क रहन आग्रह ।

५.(नेविसंघको राजनीति)
नेपाल विद्यार्थी संघद्वारा सरकारविरुद्ध प्रदर्शन /१० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताका दोषीलाई कडा कारवाहीको माग ।

६.(विदेशीको हिम्मत)
सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई जरिवानासहित २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी अध्यागमन विभागद्वारा निष्कासन /नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका एकजनालाई भने जरिवानामात्रै भराउने ।

७.(भारतीय बुझाई)
नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाई/वार्ताकै माध्यमबाट समाधान गरिने र दुई देशबीचको सम्बन्ध कसैले भत्काउन नसक्ने उल्लेख ।

८.(सरितालाई संकट)
नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी सांसद सरिता गिरीलाई कारवाही प्रक्रिया अगाडि बढाउने समाजवादी पार्टी नेपालको संकेत /गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउने तयारी ।

९.(४० अर्बको बजेट)
प्रदेश–१ सरकारद्वारा आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट सार्वजनिक /कृषि र स्वास्थ्यलाई पहिलो प्राथमिकता/सांसद विकास कोषको बजेट घट्यो समानुपातिकको बढ्यो । प्रदेश ५ सरकारद्वारा ३६ अर्ब ३५ करोड २५ लाखको बजेट सार्वजनिक ।

१०.(कोरोना केन्द्रित बजेट)
कर्णाली प्रदेशद्वारा आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारको बजेट सार्वजनिक /कोरोना केन्द्रित कार्यक्रमको लागि १ अर्ब ५० करोड विनियोजन /बैठक भत्ता र खाजा खर्च कटौती, नयाँ गाडी नकिन्ने /गण्डकी प्रदेशद्वारा ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट सार्वजनिक ।

११.(कुटनैतिज्ञको सुझाव)
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि आइशानी लाबेद्वारा संकटको समयमा सुझबुझपुर्ण ढंगले काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव /संकटको समयमा गरिने काम वा निर्णयहरु लक्षित बर्गमा पुगे/नपुगेकोमा सचेत हुन जोड ।

१२.(होला त कटौती ?)
विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरुद्वारा विभिन्न मन्त्रालयमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश/दुवै सदनबाट संयुक्त कोभिड केन्द्रीत समिति बनाउन माग ।

१३.(सांसदको वर्गीकरण)
बजेट बनाउने बेलामा सांसदहरुको वर्गिकरण गरिएको नेकपाका राष्ट्रियसभा सदस्य रामलखन चमारको भनाई / सांसदहरुको क’, ‘ख’, ‘ग’, ‘घ’ वर्ग गरी वर्गीकरण गरी व्यवहार गरिएको र ‘घ’ वर्गमा परेकाहरुको समस्या बजेटमा नसमेटिएको गुनासो ।

१४.(ओमान टु नेपाल)
ओमानबाट सलाम एअरको विमानमार्फत १६६ नेपाली स्वदेश आइपुगे /फर्किएकाको पीसीआर जाँच गराएरै पठाइएकाले सवै सिधै होम क्वरेण्टीनमा जान पाउने /ओमानबाट असार ४ गते थप १८० नेपाली स्वदेश फर्कने ।

र,

१५.(कोरोनाको भयावह)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर संक्रमितको संख्या ८० लाख नाघ्यो /४ लाख ३६ हजार बढीको मृत्यु /४१ लाख ४० हजार निको भए/संक्रमित बढ्दै गएपछि दिल्लीमा रेललाई बनाईयो उपचार केन्द्र ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top