दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(आक्रमक बन्दै संक्रमण)
नेपालमा आइतबार ४ सय ६३ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो / आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भए ।

Advertisement

२.(कोरोना कहर)
आइतबारसम्म पीसीआरबाट २ लाख १५ हजार ८ सय ३९ र आरडिटीबाट २ लाख ९६ हजार ७ सय ६६ जनाको नमुना परीक्षण /देशभर ६१ हजार ७ सय ३१ जना क्वारेन्टिनमा /९ हजार ७ सय ३१ जना आइसोलेसनमा उपचारत ।

३.(प्रधानमन्त्रीको खुलासा)
नयाँ नक्सा छाप्यो भनेर आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको खुलासा /आफू हटे नेपालको पक्षमा बोल्ने कोही नहुने दाबी/ प्रधानमन्त्री बन्न हतार नगर्न नेताहरुलाई चेतावनी ।

Advertisement

४.(कसले ल्यायो जन्तर ?)
कोरोना भाइरस भगाउने (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिद्वारा कार्डको आयात आफुले नगरेको स्पष्टिकरण /अमेरिकी सर्टिफिकेट र युरोपियन युनियनको सर्टिफिकेट लगायत उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी विक्री वितरण गरेको दाबी ।

५.(पुरातत्वका कुरा)
सरकारले स्पस्ट नीति बनाए विदेशमा पलायन भएका नेपालका सांस्कृतिक सम्पत्तिहरु फिर्ता ल्याउन सकिने पुरातत्व विभागको भनाई / विभागसँग नयाँ भिजन र योजना नहुँदा पुरातात्विक सम्पदाहरुको संरक्षण हुन नसकेको सांसदहरुको आरोप ।

६.(आहतमा नेपाली)
कोभिड–१९ को संक्रमणबाट हालसम्म विश्वभर १ सय ५८ नेपालीको मृत्यु /विदेशमा २६ हजार दुई सय २७ जनामा कोरोना संक्रमणको पुष्टि /१८ हजार ७ सय जना निको भएको एनआरएनएको तथ्यांक ।

७.(कति आए नेपाली ?)
कोरोनापछिको लकडाउनले अहिलेसम्म विदेशमा अलपत्र परेका ११ हजार ३ सय ७१ नेपालीलाई स्वदेश फर्काइएको एनआरएनएको भनाई /विदेशमा विभिन्न कारण ज्यान गुमाएका ८७ वटा शव पनि नेपाल ल्याइयो ।

८.(वामदेवको पीडा)
महाकाली सन्धि राष्ट्रहित विपरीत रहेको भन्दा आफूमाथि गरिएको कारबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्ने नेकपाका उपाध्यक्ष वामदेव गौतमको माग /तत्कालीन एमालेभित्र आफूले जायज कुरा उठाउँदा आफूमाथि अन्याय गरिएको आरोप ।

९.(कुरै त हो)
मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको गुनासो /गुठीका जग्गासँग जोडिएका मोही र किसानहरुको स्वामित्व स्थापित गर्ने गरी गुठी ऐन ल्याइएपनि अगाडि बढाउन नसकिएको जिकिर ।

१०.(प्रतिबन्धको परिणाम)
कैलालीबाट प्रतिबन्धित विप्लव समूहका ६ जना पक्राउ / आपराधिक क्रियाकलापमा संलग्न धनगढीका जनसरकार प्रमुख दल बहादुर बिकलाई पक्राउ गर्न खोज्दा अन्यले प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि पाँच जना नियन्त्रणमा ।

११.(मृत्यु पछिको छानविन)
प्रादेशिक अस्पतालमा उपचार अभावमा राजु सदाको मृत्यु भएको घटनाको विषयमा छानविन गर्न प्रदेश २ सरकारद्वारा ५ सदस्सीय अध्ययन विशेष समिति गठन /समितिले ५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउनु पर्ने ।

१२.(सलहको चिन्ता)
बाराबाट शनिबार प्रवेश गरेर पहाडी क्षेत्रसम्म पुगेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने विज्ञहरुको अनुमान / नेपालमा २–४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने दाबी ।

१३.(स्वार्थी संसार)
आफ्नो व्यापार व्यवसाय ठप्प रहेको भन्दै कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीहरुको माग /नेपालको महेन्द्रनगर लगायतका क्षेत्रका व्यापारीबाट मालसामान उधारो लिएको लाखौं रुपैयाँ असुल हुन नसकेको उल्लेख ।

१४.(हो त यस्तो ?)
सोमालियाको सशस्त्र बलको सैन्य कारबाहीमा अल सबाबका कमान्डरको मृत्यु भएको त्यहाँको राष्ट्रिय रेडियोको दाबी /मारिनेमा नेपालबाट गएका इस्लामिक समूहका वरिष्ठ प्रशिक्षक असरफ अज्मी अबु हमदान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमद्वारा उल्लेख भएपनि पुष्टि हुन बाँकी ।

र,

१५.(तथ्याङ्क बढाउदै संक्रमण)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो / एक करोड एक लाखभन्दा बढी संक्रमित /५४ लाख ८२ हजार बढी निको भएर घर फर्किए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top