×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

सरकारले चाहे विदेशमा रहेका नेपालका सम्पत्तिहरु फिर्ता ल्याउन सकिने

१४ असार २०७७

१४ असार, काठमाडौँ ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विदेशमा पलायन भएका नेपालका सांस्कृतिक सम्पत्तिहरु फिर्ता ल्याउन सकिने बताएका छन । संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित भएका महानिर्देशक गौतमले सरकारले स्पस्ट नीति बनाए नेपालबाट विदेशमा पुगेका सांस्कृतिक सम्पत्ति तथा सम्पदाहरुलाई फिर्ता ल्याउन सकिने बताएका हुन् ।

त्यसका लागि पोलिसि निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिन समेत उहाँले समितिलाई आग्रह गरे । ‘युनेस्को कन्भेन्सन कन्सल्टिङ फर द प्रिभेन्सन अफ इलिसिट इम्पोर्ट एक्सपोर्ट अफ कल्चर पपर्टी’ को नेपाल पक्ष राष्ट्र भएकाले पनि नेपालबाट विदेशमा पुगेका नेपालका सांस्कृतिक सम्पदाहरुलाई फिर्ता ल्याउन सकिने उनले बताए ।

Advertisement
Advertisement

पुरातत्व विभागले चालु आर्थिक वर्षमा गरेका कार्यप्रगति र आगामी कार्य योजनाको विषयमा गरिएको छलफलका क्रममा महानिर्देशक गौतमले जनशक्तिको अभाव हुँदा देशका सबै सम्पदाको विकास र संरक्षणको काम प्रभावकारी हुन नसकेको बताए । उनले देशभरका सम्पदालाई हेर्न जम्मा ६५ जनाको दरबन्दी रहेको र काठमाडौं, नुवाकोट र गोरखामा बाहेक कतैपनि कार्यालय नरहेको जानकारी दिए । उनले चालु आर्थिक वर्ष भित्रमा भूकम्पबाट क्षति भएका ९ सय २० सम्पदा मध्ये ४ सय ६० सम्पदाको पुननिर्माण सम्पन्न हुने जानकारी समेत दिए । बैठकमा सांसदहरुले स्थानीय तह, प्रदेश सरकार, पुरातत्व विभाग र पुननिर्माण प्राधिकरण बीच समन्वय हुन नसक्दा पुननिर्माणको कामले गति लिन नसकेको बताएका छन् । यस्तै सांसदहरुले विभागसँग नयाँ भिजन र योजना नहुँदापनि पुरातात्विक सम्पदाहरुको संरक्षण हुन नसेको बताएका छन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले पुरातत्व विभागले नेपालमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास र पुनरउत्थान गर्न नसकेको स्पस्ट देखिएको बताए । उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग स्पष्ट भिजन नहुनु र अर्थमन्त्रालयले समेत महत्व नदिदा पुरातत्विक सम्पदाहरुको संरक्षणमा समस्या देखिएको बताए ।

Advertisement

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले नेपालको सांस्कृतिक सम्पदाको संरक्षणका लागि नयाँ ढंगबाट योजना बनाउन विभागका महानिर्देशक गौतमलाई आग्रह गरिन् । नेपालको पर्यटन विकासका लागि पनि नयाँ ढंगबाट योजना ल्याएर पुरातात्विक सम्पदाहरुको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताइन् । नेपाल कम्युनिष्ट पार्टीका सांसद नारनमुनि रानाले विभागले स्थानीय तहसँग समन्वय गर्न नसक्दा सांस्कृतिक सम्पदाहरुको संरक्षण हुन नसकेको बताए । यस्तै पशुपति क्षेत्रमा भएका महत्वपूर्ण वस्तुहरु विभिन्न व्यक्तिको घरमा पुगेको, विदेशमा पुगेकोले त्यसलाई फिर्ता गर्न विभागको ध्यान जानुपर्ने उनले बताए । बैठकमा सांसदहरुले भूकम्पपछि क्षति हुन पुगेका सम्पदाहरुको पुननिर्माणलाई तिब्रता दिन आफ्नो भूमिकालाई थप प्रभावकारी रुपमा अगाडि बढाउन विभागलाई आग्रह गरेका छन् । यस्तै सम्पदाहरुको खोज र अनुसन्धान कार्यलाई बढाउन र प्राप्त भएका पुरातात्विक सम्पत्तिहरुको व्यवस्थितसंरक्षण गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top