दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(झन् पो बढे)
आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो /अहिलेसम्म ११ हजार ६ सय ९५ जना संक्रमित निको भए ।

२.(आजको तथ्याङ्क)
आइतबारसम्म पीसीआर विधिबाट ३ लाख १५ हजार ५ सय ७० जनाको कोरोना परीक्षण ÷देशभर २२ हजार ६ सय ६१ जना क्वारेन्टिनमा /५ हजार ९ सय २३ जना संक्रमित आइसोलेसनमा ।

Advertisement

३.(कहरमा नेपाली)
कोरोनाका कारण विदेशमा गतसाता मात्र थप १६ नेपालीको मृत्युसँगै कोरोनाबाट १ सय ६० नेपालीको मृत्यु /विभिन्न देशमा अहिले ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना निको भए ।

४.(चल्ने भए बस)
भोलि (सोमबार) बाट सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार/मौद्रिक नीति मार्फत आफ्ना मागहरु समेटिएकाले यातायात सञ्चालन गर्ने व्यवसायीहरुको निर्णय÷अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुने ।

Advertisement

५.(पशुपति पनि बन्द)
मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने सरकारको निर्णय अनुसार साउनको पहिलो सोमबार साउन ५ गते पशुपति मन्दिर नखुल्ने /सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषको भनाई ।

६.(उडानको प्राथमिकता)
धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानलाई प्राथमिकता दिने क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय /आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउन सकिने जानकारी ।

७.(भुमरीमा नेकपा)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद समाधान हुन सकेन/ आजका लागि तय भएको स्थायी कमिटीको बैठक मंगलबारसम्मका लागि स्थगित ।

८.(सुरक्षाको मापन ?)
प्रतिनिधिसभाको महिला समिति र प्रदेशसभाका सामाजिक समितिहरुले हिंसा रोकथामका लागि सहकार्य गर्ने /शान्ति र सुरक्षाको विद्यमान अवस्था मापन गर्न महिला, बालबालिका मन्त्रालयलाई निर्देशन ।

९.(पुलको कार्ययोजना)
देशभरका रुग्ण पुलहरुको कार्ययोजना तयार गरी निर्माण सुरु गर्न सरकारलाई विकास समितिको निर्देशन /भौतिक पूर्वाधार मन्त्रालयमा प्राविधिक जनशक्ति अभावका कारण विकास र पूर्वाधारका कामहरुमा असर परेको मन्त्रालयको भनाई

१०.(कंश मामा)
आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्ता १३ वर्षपछि पक्राउ / काठमाडौ बस्ने भान्जा रोहित गुप्तालाई अपहरण गरी हत्या गरेको अभियोगमा गुप्ता सर्लाहीबाट पक्राउ ।

११.(प्रहरी नैअसुरक्षित)
झापाको गौरीगञ्ज स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरी र तस्कर समूह बीच झडप /प्रहरीद्वारा ४ राउण्ड हवाई फायर दुई प्रहरी घाइते /लकडाउनसँगै नाकामा कडाई गरिएपछि तस्कर समूहद्वारा योजनावद्ध आक्रमण ।

१२.(ठोरीमा कुटिलता)
अज्ञात व्यक्तिले उखेलेर फालेको पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडको नेपाल भारत सीमास्तम्भ पुनःगाडियो /उखेलिएको सीमास्तम्भ भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा पूरानै स्थानमा गाडिएको प्रहरीको भनाई ।

१३.(नटबोल्ट खुकुलो)
मेलम्ची खानेपानी आयोजनाको सुरूङमा नटबोल्ट कसाइमै समस्या देखिएको प्राविधिक समितिको प्रारम्भिक निष्कर्ष/सुरूङभित्र बाढी आउँदा निरीक्षण गर्न जाँदा वेपत्ता आयोजनाका चालक अझै वेपत्ता ।

१४.(अप्रत्यासितको उचाईं)
शेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित/ बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर कारोबार बन्द ।

र,

१५.(विश्वमा कोरोना)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वमा ६ लाख ५ हजार बढीको मृत्यु /८६ लाख ३४ हजार बढी संक्रमित उपचारपछि निको भए /१ करोड ४४ लाख बढी संक्रमित ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top