ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

४ साउन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ।

आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ । उनको सचिवालयका विष्णु सापकोटाले भने- ‘पार्टीमा देखिएका गतिरोधका विषयमा छलफल हुन्छ, उहाँहरु एक्लाएक्लै कुरा गरिरहनुभएको छ । ’

शनिबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीको राजीनामा नमागेपछि वरिष्ठ नेता नेपाल समूहले केही सहमति भएको हुनसक्ने आशंका गरेको थियो।

Advertisement

आइतबार बिहानै प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका १४ जना प्रभावशाली नेतासँग पनि छलफल गरेका थिए।

नेकपाको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top