४ साउन, विराटनगर ।
मोरङको रंगेलीबाट खसी चोरी गरी लैजाँदै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार दिउँसो रंगेली नगरपालिका-२ लक्ष्मीपुर टोलबाट बेलबारी नगरपालिका- ८ बस्ने ३६ वर्षीय नगर खवासलाई खसी चोरेको आरोपमा पक्राउ गरेको हो ।
खवासले को.१५ प १२०८ नम्बरको मोटरसाईकलको पछाडी कालो रंगको खसी लोड गरी शंकास्पद अवस्थामा लिएर जाँदै गर्दा प्रहरी चौँकी बबियाबिर्ता बाट गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच तथा सोधपुछ गरेको थियो । सो क्रममा उक्त खसी बेलबारी- ८ डाँगीहाटबाट चोरी गरी ल्याएको भन्ने खुलेको थियो । प्रहरीले खवाससहित खसी र मोटरसाईकल नियन्त्रणमा लिएको जनाएको छ।