दिनभरका प्रमुख खबर

0SHARES

८ श्रावण २०७७ नेपाल टाईम्स
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(मृतक र संक्रमित थपिए)
नेपालमा कोरोना भाइरस संक्रमणबाट वीरगञ्जका ७० वर्षिय वृद्धको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४३ पुग्यो /आज १ सय ४७ जना थपिएसंगै संक्रमित १८ हजार २ सय ४१ जना पुगे /१२ हजार ८ सय ४० जना संक्रमण मुक्त ।

२.(ताजा तथ्याङक)
बिहीबारसम्म पीसीआर विधिबाट ३ लाख ३१ हजार ९ जनाको कोरोना परीक्षण/देशभर ५ हजार ३ सय ५८ जना संक्रमित आइसोलेसनमा /२० हजार ९८ जना क्वारेन्टिनमा ।

३.(आखिरमा कुर्सी)
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने /पार्टीभित्र असन्तुष्ट रहेका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य /पूर्वमाओवादीबाट जर्नादन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल,पम्फा भुषाल र प्रभु शाहलगायतको मन्त्री बन्ने ।

४.(कानुनको आँखा)
पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला थुना मुक्त /जन्मकैदको सँजाय काटिरहेका कोइरालाको मुद्धामा ८ बर्ष ६ महिना मात्रै थुना बसे पुग्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकारले पुनरावलोकन माग गर्ने ।

५.(न्यायमाथि शंका)
श्रीमतीको हत्या गरी सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारको भनाई /न्यायालयको त्रुटिले समाजमा अपराध बढ्ने भन्दै न्यायको माग ।

६.(प्रतिपक्षलाई महत्व)
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता /लकडाउन अन्त्य भएको अवस्थामा कोरोना नियन्त्रणका लागि रणनीति बनाउन देउवाको आग्रह ।

७.(जग्गामा चासो)
देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न संसदीय समितिको सरकारलाई निर्देशन /पुरातत्व विभागसँग सहकार्य गर्दै युनेस्कोको मापदण्ड अनुसार काम अघि बढाउन निर्देशन ।

८.(राम कहाँ जन्मिए ?)
भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पायो /अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्नेमा सांसद्हरुको जोड ।

९.(बहाना र बाध्यता)
निजी विद्यालयले रोकेको अनलाइन कक्षा बिहीबारदेखि पुनः सुचारू /सरकारले ऋण सहुलियत वा अभिभावकबाट शुल्क उठाउने वातावरण बनाइदिनुपर्ने सञ्चालकहरुको माग ।

१०.(परीक्षाको मिति)
बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी /दशैँ अगाडि नै रोकिएका सेमेष्टर र वार्षिक परीक्षा गरिने /परीक्षा केन्द्र विद्यार्थीलाई पायकपर्ने क्याम्पसमा राखिने ।

११.(नयाँ क्याम्पस नखुल्ने)
त्रिभुवन विश्वविद्यालयले पहिल्यै सम्बन्धन पाएर सञ्चालनमा आउन नसकेका ‘झोले’ क्याम्पस खारेज गर्ने /सञ्चालनमा रहे पनि प्रभावकारी नदेखिएका क्याम्पसहरू गाभिने /प्राविधिक बाहेकका क्याम्पसलाई सम्बन्धन नदिइने ।

१२.(प्रहरी नै हत्यारा)
सशस्त्र प्रहरी सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न तीन जना प्रहरी नियन्त्रणमा /विवाहमा भएको सामान्य विवादको क्रममा चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको खुलासा ।

१३.(कति बढेको सुन)
सुनको मुल्यले बनायो नयाँ रेकर्ड /सुनको मुल्य अहिलेसम्मकै महँगो प्रतितोला ९४ हजार ५ सय कायम /चाँदी प्रतितोला १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।

१४.(कहिले बन्छ खोप ?)
सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको विश्व स्वास्थ्य संगठनको ठहर /कोरोनाविरुद्धको खोप निर्माणमा ढिलाइ नै भए पनि सुरक्षाका हिसाबले कुनै कमीकमजोरी हुन नहुने उल्लेख ।

र,

१५.(आजको कहर)
कोरोनाका कारण हालसम्म विश्वभर १ करोड ५४ लाख बढी संक्रमित /६ लाख ३० हजार बढीको मृत्यु /९३ लाख ७७ हजार बढी निको भए ।

Facebook Comments

विज्ञापन बक्स