दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(झन बढ्यो त्रास)
नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु /मृतकको संख्या ४८ पुग्यो /हालसम्म १८ हजार ७ सय ५१ जना संक्रमित /१३ हजार ७ सय ५४ जना संक्रमित निको भएर घर फर्किए ।

२.(आज सम्म यस्तो छ)
सोमबारसम्म पीसीआर विधिबाट ३ लाख ४७ हजार २ सय ७५ जनाको कोरोना परीक्षण /देशभर ४ हजार ९ सय ५० जना आइसोलेसनमा /१६ हजार ३ सय ७१ जना क्वारेन्टिनमा ।

३.(भय बढ्दैछ)
विराटनगरमा ७ जनासहित प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिए /प्रदेशमा कुल संक्रमितको संख्या ९ सय ४५ पुग्यो /७ सय ४७ जना डिस्चार्ज ।

४.(मन्त्रीका अाँखा कस्ता छन् ?)
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालको टिप्पणी / नेपालमा मृत्युदर शुन्य दशमलव २ प्रतिशतभन्दा कममा रोक्नु सकारात्मक रहेको उल्लेख ।

५.(खतराको चेतावनी)
मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्षा भएर नदीहरुको जल सतह बढ्ने भएकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह / मध्यपहाडी क्षेत्रमा पहिरो र तराईको केही स्थानमा डुबान हुन सक्ने ।

६.(अहंकारी भारत)
कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रमार्फत भारतको आग्रह/लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा आउ–जाउ नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारीको भनाइ ।

७.(भाग्य खुलेपछि)
समाजवादीकी नेतृ सरिता गिरीको स्थानमा प्रतिनिधिसभा सदस्य पदका लागि लीलादेवी सिटौला सदस्य भएको निर्वाचन आयोगको घोषणा /खसआर्य समूह रहेकी सिटौलाको नाम जसपाले सिफारिस गरेअनुसार आयोगद्वारा निर्वाचित ।

८.(राजीनामाको रटान)
मंगलबार बस्ने नेकपाको स्थायी समिति बैठकलाई पूरानै एजेण्डामा अघि बढाउने नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका चार सचिवालय सदस्यको निष्कर्ष / पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको राजीनामा मुख्य एजेण्डा बनाउने ।

९.(अवसर बुझेको कांग्रेस )
कोभिड १९ को सबल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले सुरु गरेको सत्याग्रहमा नेपाली कांग्रेसको ऐकेबद्धता /इनफ इज इनफ समूहका युवाहरु आरडिटी परीक्षण खारेज र पीसीआर परीक्षण गर्न माग गर्दै सत्याग्रहमा ।

१०.(अपारदर्शी दल)
नेपालका १ सय ३१ राजनीतिक दलमध्ये निर्वाचन आयोगमा ५४ दलले मात्रै वार्षिक खर्च बुझाए/ राजनीतिक दलहरुमा आर्थिक पादरर्शीता नहुँदा दलिय व्यवस्थापन र प्रणालीमा समस्या भएको निर्वाचन आयोगको भनाई ।

११.(सिंहदरबारको स्वरुप)
भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पुननिर्माण कात्तिक महिना भित्र सम्पन्न हुने /प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको निर्माण ७५ करोड तथा पश्चिम पट्टिको भवन ४० करोडमा निर्माण हुदै ।

१२.(मुल्यबृद्धि नै विकल्प)
सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सूर्तिजन्य नियन्त्रण नेटवर्कको सुझाव / नेपालमा सुर्ति सेवनकै कारण प्रतिवर्ष २७ हजार बढी नागरिकको मृत्यु /९८ प्रतिशत बढी व्यक्तिले जानीजानी सेवन गर्ने ।

१३.(उद्धार यूएई)
कोरोनाकालमा यूएईबाट ७ हजार ५ सय नेपाली स्वदेश फर्किए / आगामी जुलाई ३१ देखि अगस्ट ८ तारिखसम्म यूएईबाट १७ जहाजले उडान भर्ने तालिका सार्वजनिक ।

१४.(कति बढेको सुन)
आज फेरी सुनको भाउले बनायो नयाँ रेकर्ड /सुन प्रतितोला एक हजार २ सयले बढेर अहिलेसम्मकै उच्च ९७ हजार ५ सय पुग्यो /चाँदी प्रतितोला १ हजार २ सय १० रुपैया ।

र,

१५.(भय सँगै खुशी)
महामारी बनेको कोरोना भाइरसको संक्रमणपछि निको हुने संक्रमितको संख्या १ करोड नाघ्यो / हालसम्म विश्वभर ६ लाख ५२ हजार बढीको मृत्यु /१ करोड ६४ लाख बढी संक्रमित ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top