५ वटा फ्रान्सेली राफेल लडाकु विमान भारतका लागि प्रस्थान

११ साउन ७७, सोमबार

१२ साउन, पेरिस।

भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकु विमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकु विमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।

ती लडाकु विमानहरू फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती विमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल विमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ । फ्रान्सेली विमानमा सात जना भारतीय पाइलटको समूहसमेत सहभागी छ । उनीहरूलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिमसमेत दिइएको थियो ।

Advertisement

भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा राफेल लडाकु विमान समावेश थियो । निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपियाँमा फ्रान्सबाट ३६ वटा लडाकु विमान खरिद गरेको हो । नयाँ लडाकु विमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् ।

लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी विमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top