दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(आजको भय)
पछिल्लो २४ घण्टामा थप ११ गरी आजसम्म २३९ कोरोना संक्रमितको मृत्यु /आजमात्र थपिए १ हजार ६९ संक्रमित /संक्रमितको संख्या ४० हजार ५ सय २९ पुग्यो /२२ हजार १ सय ७८ जना डिस्चार्ज ।

२.(कोरोनाको जोड)
आज मंगलबारसम्म ७ लाख ५ हजार ५ सय ६० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /देशभर ७ हजार ३ सय ९० जना क्वारेन्टिनमा /१८ हजार १ सय १२ जना आइसोलेसनमा ।

Advertisement

३.(सुनसरीमा बढ्दै)
मोरङमा नयाँ संक्रमित कम हुदै जादा सुनसरीमा बढे/विराटनगरमा १० सहित मोरङमा १५, सुनसरीमा ५६ सहित प्रदेश १ मा ८७ संक्रमित थपिए /प्रदेशमा ३ हजार ४ सय ५४ संक्रमित मध्ये १ हजार ६०३ जना डिस्चार्ज ।

४.(नामको निषेधाज्ञा)
मोरङ जिल्लामा आज राति १२ बजेदेखि लागू हुने गरी आगामी भदौ २२ गतेसम्मका लागि निषेधाज्ञा थपियो/ खाद्यान्न पसल दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने/जोर बिजोरमा सवारी संचालन /शनिवार अत्यावश्यक बाहेकका सेवा बन्द ।

Advertisement

५.(काठमाडौंमा आज)
२४ घण्टामा काठमाडौं उपत्यकामा मात्र सवैभन्दा धेरै ४ सय ८१ संक्रमित थपिए /हाल देशभरका १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहँदा ५ जिल्ला कोरोना मुक्त ।

६.(निषेधाज्ञा के गर्ने ?)
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुद्वारा जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने निर्णय लिन गृहमन्त्रालयलाई नै अनुरोध /उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे कुनै निर्णय नभएको प्रशासनको प्रस्टोक्ति ।

७.(स्वयंसेवकको खोजी)
आइसोलेसन र क्वारेन्टिनमा रहेका कोरोना संक्रमितहरूको सेवामा खटिन इच्छुक स्वयंसेवकलाई आवेदन दिन स्वास्थ्य मन्त्रालयद्वारा आह्वान /इच्छुक स्वास्थ्यकर्मीले मन्त्रालयको वेबसाइटमा गएर तीन दिनभित्र आवेदन दिन सक्ने ।

८.(प्लाज्मा उपचारमाथि प्रश्न)
देशका विभिन्न अस्पतालमा ‘प्लाज्मा थेरापी’बाट कोभिड १९ संक्रमणको उपचार भइरहेको सम्बन्धमा विशेषज्ञहरुको प्रश्न /प्लाज्मा थेरापीको क्लिनिकल ट्रायल नभइकन उपचार गर्न खोज्दा दुर्घटना निम्तन सक्ने चेतावनी ।

९.(उड्दै जहाज)
कोरोना संक्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु /आज पहिलो दिन नेपाल वायु सेवा निगमले राति १ बजे जापानको नारिताका लागि उडान भर्ने ।

१०.(कानुन कहाँ छ ?)
सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेश्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग / राज्यले बन्द गर्न नभन्दासम्म चौविसै घण्टा पसल सञ्चालन गर्ने ।

११.(जनजणनाको प्रश्न)
राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारणका लागि प्रकाशन /घर तथा घरपरिवार सूचीकरण वैशाख २६ देखि जेठ १४ गतेसम्म र मुख्य प्रश्नावली जेठ २५ देखि असार ८ गतेसम्म भरिने ।

१२.(प्रहरी निलम्बित)
रौतहटको गरुडा नगरपालिका जिंगडियाका विजय रामको हिरासतमा मृत्यु भएको घटनामा सम्लग्न भनिएका प्रहरी निरीक्षक नवीनकुमार सिंह र दुई हवल्दार निलम्बित / अनुसन्धानका लागि भन्दै तीनै जना ६ महिनाका लागि निलम्बनमा ।

१३.(चेतावनी मात्रै दिने ?)
कोरोनाविरुद्धको खोप बनाउन भइरहेको हडबडले नतिजा राम्रो नआउने विश्व स्वास्थ्य संगठनको चेतावनी /हाल ३३ वटा खोपको क्लिनिकल ट्रायल चल्दै /१ सय ४३ खोप प्रि क्लिनिकल मूल्याङ्कनको चरणमा ।

१४.(अन्तिम चरणमा खोप)
अस्ट्राजेनिकाले तयार पारेको कोभिडविरुद्धको खोपको क्लिनिकल परीक्षण अमेरिकामा तेस्रो चरणमा प्रवेश/बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप अमेरिकाका ३० हजार वयस्क व्यक्तिमा लगाइने ।

र,

१५.(एकै दिन २ लाख)
विश्वभर एकै दिन २ लाख ४४ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि /हालसम्म विश्वभर ८ लाख ५५ हजार बढीको मृत्यु / २ करोड ५६ लाख बढी संक्रमित हुँदा १ करोड ७९ लाख बढी निको भए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top