मोरङ जिल्लाभर २२ गतेसम्म नाम मात्रको निषेधाज्ञा थपियो

१६ भदौ, विराटनगर ।
मोरङ जिल्लाभर जारी निषाधाज्ञा एक साता लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले भदौ ५ गतेबाट जारी निषेधाज्ञा जिल्लाभरी लागू हुनेगरी २२ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

निषेधाज्ञाको अबधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने, सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको भएपनि सिटीरिक्सा सञ्चालनगर्न खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।निषेधाज्ञाले जिल्लाको जनजीवन कष्टकर बन्दै गएको, दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्नेलाई जीवनयापनमा कठिनाई भएकोले जीवनयापन सहज बनाउने गरी निषेधाज्ञाको मापदण्ड परिमार्जन गरिएको निरौलाले जानकारी जानकारी दिए ।

जिल्लाभर राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै यसअघि दिनको १२ बजेसम्म मात्र बजार तथा पसल खुल्ला गरिएकोमा बजार तथा पसल अब ४ बजेसम्म खुल्ला हुने भएको छ । प्रशासनले शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालनमा रोक लगाएको जनाएको छ । निषेधाज्ञाको अबधिमा सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जीमखाना लगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्रा जस्ता सामूहिकगतिबिधि, गर्न पनि रोक लगाईएको छ ।

त्यस्तै सरकारी कार्यालयले आलोपालो गरी न्युनतम् संख्यामाकर्मचारी राखेर भदौ २१ गतेबाट तालिकाअनुसार सेवा सञ्चालनगर्नुपर्ने छ भने उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालनगर्न पाउने भएका छन । पछिल्लो समयमा जारी निषेधाज्ञाको समेत ब्यापक रुपमा मोरङमा उल्लघंन हुदै आएको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top