दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(नबढेको दिन भएन)
पछिल्लो २४ घण्टामा थप ६ जना गरी हालसम्म नेपालमा २ सय ५७ जना कोरोना संक्रमितको मृत्यु/ आज मात्र १२ सय २८ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुग्यो /२४ हजार २ सय ७ जना डिस्चार्ज ।

२.(यति छ आज)
आज बिहीबारसम्म ७ लाख ३१ हजार ८ सय ५२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण / देशभर हाल १८ हजार ४ सय १३ जना आइसोलेसनमा / ६ हजार ७ सय ४९ जना क्वारेन्टिनमा ।

Advertisement

३.(प्रदेश पनि उस्तै)
विराटनगरमा ३३ सहित मोरङमा ४४ गरी प्रदेश १ मा आज थपिए ९५ संक्रमित/ विराटनगरमा थप एक हजार बेडको आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रदेश १ सरकारको निर्णय ।

४.(कतै साघुरिँदै कतै फैलिँदै)
आज देशभर सवैभन्दा धेरै काठमाडौं उपत्यकामा ४ सय ४५ संक्रमित थपिए /आज एक दर्जन जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहँदा आधा दर्जन कोरोना मुक्त ।

५.(रथको होडले हानी)
नषेधाज्ञाका बाबजुद पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच दुई पटक झडप /झडपमा परी केही प्रहरी,पत्रकार,तथा स्थानीयहरु घाइते /प्रहरीद्वारा अश्रुग्यास प्रहार /अब रथ गुठि संस्थान र १९ जातिय खलः पुचले निर्णय नगर्दा सम्म नतानिने ।

६.(खुकुलो बनाइ देउ)
निषेधाज्ञा जारी भएको जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिको निर्देशन /विभिन्न चाडपर्व, जात्रा लगायतका गतिविधि सञ्चालनका लागि सम्बन्धित प्रशासनले तोकेको मापदण्ड अनुसार लागू हुने ।

७.(कांग्रेसको सरोकार)
बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न नेपाली कांग्रेसको सरकारसँग माग /पार्टीले उद्योग व्यवसायको क्षेत्रका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुसँग छलफल गर्ने ।

८.(काँग्रेस भित्रको कुरा)
कसको स्वार्थमा जनताले मल नपाएका हुन् त्यसको जवाफ सरकारले दिनुपर्ने कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाई /सभापति शेरबहादुर देउवाद्वारा पौडेल पक्षको विरोधका बाबजुत प्रचार विभागमा ४८ सदस्य मनोनित ।

९.(शोकमा बाग्लुङ )
बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी, पहिरोमा परेर हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो /२५ जना अझै बेपत्ता /३१ घरमा पूर्ण क्षति / ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने ।

१०.(यस्तो छ ब्यवस्थापन)
जापानको नारिताबाट नेपाल एअरलाइन्समार्फत फर्किएका २ सय १३ जनामध्ये एक यात्रुसँग पीसीआर जाँचको रिपोर्ट नभएपछि सबै यात्रुलाई होटल क्वरेण्टिनमा राखियो /अब सबै यात्रुको होटल क्वरेण्टिन खर्च पनि एअरलाइन्स कम्पनीले नै व्यहोर्ने ।

११.(तातिए विमान धनी)
सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको वायुसेवा सञ्चालक संघको भनाई / असोज १ गतेबाट सरकारले आन्तरिक उडान खुला नगरे पर्यटन क्षेत्रका सबैले व्यवसाय बन्द गरेर तालाचाबी सरकारलाई बुझाउने चेतावनी ।

१२.(केसीको पूरानो केश)
डा.गोविन्द केसीले आज बिहीबारदेखि सुरु गर्ने भनेको सत्याग्रह केही समयका लागि स्थगित /सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह सुुरु गर्ने डा. केसीको चेतावनी ।

१३.(चिडियाखाना नमरोस्)
ललितपुरको जावलाखेल स्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा /सरकारले आर्थिक सहयोग गरी चिडियाखानालाई बचाउनुपर्ने चिडियाखानाका आयोजनाको भनाई/ चिडियाखाना सञ्चालन गर्ने सम्बन्धमा तयारी गरिसकेको पनि उल्लेख ।

१४.(ट्रम्पको खोप राजनीति)
अमेरिकामा राष्ट्रपतिय चुनावअघि कोरोना भाइरसको खोप दिने योजनाप्रति वैज्ञानिक चिन्तित/सीडीसीको घोषणा पछाडि राजनीति रहेको वैज्ञानिकहरुको भनाई / पहिलो खोप स्वास्थ्यकर्मी, ६५ वर्षमाथिका व्यक्ति र जोखिममा रहेको समुदायलाई दिइने ।

र,

१५.(महामारीको मार)
कोरोना महामारीका कारण हालसम्म ८ लाख ६८ हजार बढीको मृत्यु/२ करोड ६२ लाख बढी संक्रमित /१ करोड ८४ लाख बढी निको भए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top