दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(रेकर्ड तोड्दै कोरोना)
पछिल्लो २४ घण्टामा मात्र १ हजार ८ सय १८ जना डिस्चार्ज /आजै थप ५ गरी हालसम्म नेपालमा ३ सय १७ संक्रमितको मृत्यु /थप १ हजार २ सय ४६ जना नयाँ संक्रमितसहित हालसम्म संक्रमित हुनेहरुको संख्या ५० हजार ४ सय ५६ पुग्यो ।

२.(कहाँ कति पुगे ?)
आज बिहीबारसम्म पीसीआरविधिबाट ८ लाख १० हजार ४ सय ८५ जनाको कोरोना परीक्षण /आज कुल संक्रमितमध्ये १४ हजार ४ सय ४८ जना आइसोलेसनमा /देशभर ५ हजार ८ सय ६ जना क्वारेन्टिनमा ।

Advertisement

३.(कस्तो छ प्रदेश १ ?)
सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६ सहित प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिए /प्रदेश १ सरकारद्वारा कोरोना उपचारको व्यवस्था मिलाउन स्थानीय पालिकाहरुलाई थप एक करोड १० लाख रकम निकासा ।

४.(स्थगित मन्त्रिपरिषद्)
आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित /मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता, विद्युत प्राधिकरणमा कुलमानको कार्यकाल र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने ।

Advertisement

५.(आउँछ त कानुन ?)
एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही गर्ने कानुनको मस्यौदा १५ दिनभित्र ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता /एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था कानुनमै गर्ने तयारी ।

६.(पहिला काम होस्)
अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्न लागिएको पर्यटनमन्त्री योगेश भट्टराईको भनाई / विदेशमा बेखर्ची भएर बस्नु परेकाहरुलाई भने श्रम कल्याणकारी कोषबाट उद्धार उडान गरिने / नियमित उडानको संख्या बढाउँदा भाडादर पनि घट्ने विश्वास ।

७.(गोविन्द केसीको चासो)
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको वरिष्ठ चिकित्सक गोविन्द केसीद्वारा विरोध /डिन नियुक्तिको स्थापित वरिष्ठताको आधार भत्काएर नियुक्ति गरिएको भन्दै तुरुन्तै सच्याउन माग ।

८.(कति तिर्ने शुल्क ?)
निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खुल्यो /कम्तिमा आगामी असोज १ गते भन्दा पहिला विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने/मासिक शुल्कको ५० प्रतिशत भन्दा कम निर्धारण हुनुपर्नेमा अभिभावकहरूको जोड ।

९.(लाइसेन्सको नविकरण)
आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने यातायात व्यवस्था कार्यालय ललितपुरको तयारी / अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित रहने ।

१०.(विपत्तको क्षति)
वैशाखयता मात्र बाढीपहिरो र चट्याङमा परी तीन सय ४६ जनाको मृत्यु /बाढी पहिरोमा परेर ८५ जना अझै बेपत्ता /तीन सय ९७ जना घाइते /पछिल्लो २४ घण्टामा मात्र प्राकृतिक विपद्मा परेर चार जनाको मृत्यु ।

११.(जहाजमा पैसाको खोलो)
३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर आन्तरिक उडानका लागि पाँच जहाज खरिद गर्ने नेपाल एयरलाइन्सको तयारी /सबै जहाज किन्नका लागि कम्तिमा ९ अर्ब रूपैयाँ लाग्ने अनुमान ।

१२.(विकासको संचार)
अहिले जसरी नै काम भइरहे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष तयार हुन सक्ने /१४ भवनको संरचना फिनिसिङको चरणमा /विमानस्थलको ६३ प्रतिशत काम सम्पन्न ।

१३.(स्वार्थ हो कि सहयोग ?)
नेपालसँग औपचारिक समझदारी हुनुअगावै काठमाडौं रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदनको काम थाल्न भारत तयार /अहिले नेपालमा सीमा नाकाबाट बन्द रहेकाले काम थालनी बारे औपचारिक ढाचाँको विवरण पठाउन भारतलाई आग्रह ।

१४.(प्रकृति विनासको नतिजा)
पछिल्लो ५० वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा बढीले घटेको डब्लुडब्लुएफको तथ्यांक /सन् १९७० यता विश्वभर जीवको संख्यामा औसतमा ६८ प्रतिशतले कमी आउनु प्रकृतिमाथि मानिसले गरेको विध्वंस यसअघि कहिल्यै नदेखिएको वैज्ञानिकहरुको भनाई ।

र,

१५.(संक्रमणको उचाईं)
विश्वभरमा उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या हालसम्म २ करोड १ लाख नाघ्यो /संक्रमित हुनेको संख्या २ करोड ८० लाख बढी पुग्दा ९ लाख ८ हजार बढीको मृत्यु/कोरोनाको नयाँ हब बनेको भारतमा एकैदिन थपिए ९५ हजार संक्रमित ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top