दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(निको हुनेहरुको लाईन)
पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिँदा १ हजार ८ सय ९३ जना कोरोना मुक्त /कुल संक्रमित हुनेहरुको संख्या ६७ हजार ८ सय ४ पुग्दा ४९ हजार ९ सय ५४ जना डिस्चार्ज /मृतकको संख्या ४ सय ३६ पुग्यो ।

२.(कतिबेला लकडाउन ?)
हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४/संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न मन्त्रालयको सिफारिस/२५ हजार बढी पुगे अस्पतालको व्यवस्थापन गर्न गाह्रो हुने हुनाले बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष ।

Advertisement

३.(जीवन बचाउने अभियान)
कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुद्घारा त्रि.वि शिक्षण अस्पतालमा प्लाज्मा दान अभियान सुरु /गम्भिर संक्रमितका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले प्लाज्मा दान अभियान सुरु गरिएको अभियानकर्मीको भनाई ।

४.(चीनविरुद्ध नाराबाजी)
हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि ब्याक अझ चाइनाको नारा लगाउँदै विरोध प्रदर्शन/सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग ।

Advertisement

५.(चीनद्वारा खण्डन)
चिनियाँ पक्षले हुम्लास्थित सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचार नेपाली सञ्चार माध्यमहरुमा आएको विषयलाई लिएर चिनियाँ दूतावासद्वारा खण्डन /भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गर्दै सीमा मामिलामा संवाद गर्न सक्ने उल्लेख ।

६.(वामदेवको भाग्य)
राष्ट्रिय सभा सदस्यको रुपमा मनोनयनमा परेका नेकपाका उपाध्यक्ष्य बामदेव गौतमलाई पदअनुसारको जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश / न्यायाधीश डा। आनन्द मोहन भटटराईको एकल इजलासद्धारा अर्को आदेश नभएसम्मका लागि गौतमलाई कामकाज गर्न नदिन निर्देश ।

७.(पोस्टमार्टमको प्रतिक्षा)
वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रामलखन जैसवालको हुने भयो पोस्टमार्टम /मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै सत्य तथ्य पोस्टमार्टम रिपोर्टपछि आउने उल्लेख ।

८.(एसिडविरुद्धको कानुन)
सरकारले तेजाव आक्रमण गर्नेहरूलाई २० वर्षसम्म जेल सजाय तोक्ने गरी कानुन ल्याउँदै/ क्षतिका आधारमा आक्रमणकारीलाई सजाय दिने गरी प्रस्तावित दुई अध्यादेश अब बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुने ।

९.(अनुगमनको उपज)
सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको १२ हजार केजी प्याज बिहिबारदेखि विक्री वितरण गर्ने /ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्ने तयारी ।

१०.(काम पनि होस्)
सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन /सय करोडको विज्ञापन बजारलाई २५ सय करोडको बनाउने लक्ष्यका साथ अलाइन्सको स्थापना भएको तदर्थ समितिको भनाई ।

११.(निर्णय नअल्झियोस्)
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले युनाईटेड बिल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लि. र दिवा शैलुङ जेभीलाई कारबाही गर्ने /दुई कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए ७ दिनभित्र पेश गर्न आग्रह ।

१२.(पढाईको सुरसार)
विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न शिक्षा मन्त्रालयको निर्देशन / स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्मको समय / विद्यालयहरूले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने ।

१३.(सुविधासहित परीक्षा)
कोभिड–१९ का कारण रोकिएका परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी /त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षा लिने ।

१४.(हेर्दै जाउ के हुन्छ ?)
कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको कृषिमन्त्री घनश्याम भुसालको भनाई /उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा समर्थन मूल्य तोक्दै जाने गरी कार्यक्रमले समेटेने ।

र,

१५.(बढ्दैछन् निको हुनेहरु)
विश्वभर कोरोना महामारीबाट हालसम्म संक्रमित ३ करोड १८ लाख बढी मध्ये २ करोड ३४ लाख बढी कोरोनामुक्त /९ लाख ७६ हजार बढी संक्रमितको मृत्यु ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top