दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(किमाथांकामा पिएम)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांकाको अवलोकन / सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण, अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन, किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन ।

२.(अनियमिततामा प्रधामन्त्री ?)
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गर्ने विजयप्रकाश मिश्रको आरोप /अघिल्लो कार्यकालमा समेत प्रधानमन्त्री ओलीले अनियमितता गर्न प्रेस खरिदबारे नीतिगत निर्णय गरेको दाबी ।

Advertisement

३.(वामदेवको बाटो खुल्यो)
नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न सर्वोच्च अदालतद्वारा अस्वीकार/सर्वोच्चको यो निर्णयपछि गौतमलाई मन्त्रिपरिषदमा सामेल हुन कानुनी बाटो खुला ।

४.(नेपालको लफडा )
’संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने सरकारको निर्णय मुलुकलाई प्रतिगमनतर्फ लैजाने चेष्टा भएको जसपाका अध्यक्ष उपेन्द्र यादवको आरोप /सरकारले निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी ।

Advertisement

५.(विदा थपियो)
नेवाः समूदायका लागि भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय/ सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था र शिक्षण संस्थामा बिदा हुने ।

६.(कोरोनाको कुरा)
नेपालमा हालसम्म ११ सय ७४ कोरोना संक्रमितको मृत्यु /आज मात्र २ हजार ५६९ संक्रमित थपिँदा १ हजार ६६६ जना डिस्चार्ज /कुल कोरोना संक्रमित हुनेको संख्या २ लाख नाघ्यो /महामारी नियन्त्रणका लागि चार महिनामा ६ अर्ब ८१ करोड बढी खर्च भएको सरकारको भनाई ।

७.(वायुसेवालाई राहत)
अब इजाजत प्राप्त वायुसेवा कम्पनीले तीन वर्षभित्र एओसी लिन सक्ने /काबु बाहिरको परिस्थिति पर्न आएमा वा विश्वव्यापी महामारीको संक्रमण बढ्न गई जनजीवन अस्तव्यस्त भएमा मन्त्रालयले निर्णय गर्न सक्ने ।

८.(अर्थमन्त्रीको मन)
निजि क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई /करका दरहरु उच्च हुँदा कुनैपनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरुको अवैध आयात हुने गरेको व्यवसायीहरुको भनाई ।

९.(पाठ्यक्रम के गर्ने ?)
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने स्पष्ट नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा /अदालतमा विचाराधीन विषयमा टिप्पणी गर्नु उचित नहुने भएकाले फैसला चाँडो आए आफूहरुलाई सजिलो हुने अभिभावकको भनाइ ।

१०.(चुचुरोमा राजकुमार)
कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाद्वारा आमादब्लम हिमाल आरोहण /राजकुमार शेखसहितको १४ जनाको टोली बुधबार बिहान हिमालको चुचुरोमा पुगेको हिमालयन गाइड्स नेपालको भनाई ।

११.(विद्युतमा लगानी)
तीनवटा जलविद्युत परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्न लगानी बोर्डद्वारा स्वीकृत /सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालित ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाका लागि गठित मुआब्जा अध्ययन समितिको म्याद थप ।

१२.(टोपीको करामत)
यसपटकको तिहारमा कोभिडको असर भएपनि ढाका टोपीको व्यापार बढेको व्यापारीहरुको भनाई /नयाँ पुस्ताले ढाका टोपी लगाउने प्रचलन बढेपनि तिहारमा ढाकाटोपी भन्दा अन्य किसिमको लुगाफाटो उपहार दिने प्रचलन पनि झाँगिदै ।

१३.(आममाफी र प्रवेशाज्ञा)
गैरकानुनी रुपमा ओमानमा बस्दै आएका श्रमिकलाई स्वदेश फर्कन नोभेम्बर १५ देखि ३१ डिसेम्बरसम्मका लागि आममाफी /कुवेतमा नोभेम्बर ३० भित्र आवासीय भिसा भएका श्रमिकले भिसा नवीकरण र प्रवेश भिसा भएकाले स्वदेश फर्कनु पर्ने ।

१४.(कहाँ चुक्यो चीन ?)
ब्राजिलमा चिनियाँ कम्पनी सिनोभाकले विकास गरेको कोरोनाविरुद्धको खोपको परीक्षण स्थगित / विश्वव्यापी अन्तिम चरणको परीक्षणमा रहेको खोपले एकजना स्वयंसेवकको ज्यान गएसँगै परीक्षण स्थगन ।

र,

१५.(विश्वमा कोरोना हेर्दा)
कोरोना महामारीबाट विश्वमा १२ लाख ८१ हजार बढी संक्रमितको मृत्यु /संक्रमित हुनेको संख्या ५ करोड १९ लाख नाघ्दा ३ करोड ६४ लाख बढी संक्रमण मुक्त /१ करोड ४१ लाख बढी सक्रिय संक्रमित ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

सम्बन्धित समाचार

Scroll to Top