काठमाडौंको नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने

२६ कात्तिक ७७, बिहीबार

२६ कात्तिक, काठमाडौँ ।
नेपाल यातायात व्यवसायी महासंघ, लोत्से बहुउद्देश्यी प्रा.लि. र तीनवटा मजदुर संगठनबीच नयाँ बसपार्कमा सञ्चालित बुकिङ काउन्टरलाई प्रविधिमैत्री बनाएर अगाडी बढ्ने सहमति भएको छ । आवश्यक मापदण्डको आधारमा प्रविधि जडान गरी टिकी बुकिङ गर्ने तथा यातायात कम्पनीहरुले आफ्ना कर्मचारी तथा श्रमिकरुलाई तालिमको व्यवस्था गर्दै सुरुवाती समयलाई गणना गरी काममा निरन्तरता दिने व्यवस्था गर्ने सहमति पनि उनीहरुबीच भएको छ ।

Advertisement

बुधबार महासंघका तर्फबाट योगेन्द्र कर्माचार्य, लोत्सेका तर्फबाट दिपक कुँवर तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका तर्फबाट अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका तर्फबाट अध्यक्ष राम कार्की र नेपाल यातायात मजदुर संघका तर्फबाट अध्यक्ष धर्म भण्डारीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । कुनै श्रमिकले स्वेच्छिक अवकाशमा जान चाहेमा श्रम ऐन तथा कम्पनीको कर्मचारी नियमावली अनुसार सेवा सुविधा सम्बन्धित प्रा.लि.हरुले दिने सहमति पनि बनेको छ ।

Advertisement

यस्तै यातायात प्रालिहरुले आफ्नो प्रालीको पहिचान सहितको संकेतबोर्ड राख्ने र दक्ष श्रमिकहरुबाट सेवा प्रदान गर्न आवश्यक व्यवस्था लोत्से सहकारीले गर्ने सहमति पनि भएको छ । बसपार्कभित्र झैझगडा गर्ने, डर धम्की दिने, कुटपिट गर्ने, बोर्ड च्यात्ने कार्य अब उप्रान्त कोही कसैले नगर्ने नगराउने सहमति पत्रमा उल्लेख छ ।

Advertisement

यसैगरी बसपार्क भित्र श्रमिकहरुका लागि खानेपानी, शौचालय र सुचनापाटी सहितको विश्राम गृहको व्यवस्थापन गर्ने, बसपार्कमा यातायात सञ्चालन, परिचालन व्यवस्थापन तथा समस्या समाधानका लागि लोत्से महासंघ र तीनवटै मजदुर संगठनहरु सम्मिलित तहगत कार्यदल बनाउने पनि सहमति बनेको छ । यसैगरी गोंगबु नयाँ बसपार्कमा यातायत सेवा सञ्चालन तथा व्यवस्थापनमा कुनै समस्या आइपरेमा संयुक्त कार्यदलले सम्बोधन गर्ने सहमति पनि बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top