दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(जुहारीको होडबाजी)
पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनापछि नेकपा नेता आरोप प्रत्यारोपमा उत्रिए/ नेकपा चितवनद्वारा खेद व्यक्त गर्दै सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएको घटनाको छानबिन गर्न माग ।

२.(कमै भयो कि ?)
बलात्कारमा संलग्न र मिलापत्र गराउनेहरुलाई कानूनको दायरामा ल्याउन सरकारले ल्यायो अध्यादेश/१४ देखि १६ वर्षसम्मका बालिकाहरुमाथि यौंनजन्य हिंसा भएमा १२ देखि १६ वर्षसम्मको कैद सजाय /मेलमिलाप गराउनेहरुलाई ३ वर्षसम्म कैद ।

Advertisement

३.(क्वारेन्टिनको कथा)
अब कोरोना परीक्षण गर्न आउने सबैले सरकारी परीचयपत्र अनिवार्य देखाउनुपर्ने/स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई १४ दिन अनिवार्य क्वारेन्टिन/क्वारेन्टिनमा लक्षण देखिए मात्र परीक्षण गरिने ।

४.(संक्रमणको ग्राफ)
आज एकैदिन ५ हजार ६९९ संक्रमित डिस्चार्ज/थप १६ सय ६९ जनामा संक्रमण/ हालसम्म १३ सय २१ संक्रमितको मृत्यु /नेगेटिभ रिपोर्टको नमुना एक महिनासम्म र पोजेटिभको तीन महिनासम्म भण्डारण नगरिएको भन्दै ४ अस्पताललाई स्पष्टीकरण ।

Advertisement

५.(पढ्न नछोड्नु)
मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डको भनाई /परीक्षा स्थगित हुने हल्लामा नलाग्न र परीक्षाको तयारी गर्न बोर्डको आग्रह ।

६.(महानगरका कुरा)
कोरोनाको निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाद्वारा स्वाव संकलन सुरु /लक्षित समूहको निःशुल्क गरेपनि परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न मेयर विद्यासुन्दर शाक्यको आग्रह ।

७.(अझै आयात ?)
यसपालिको जाडोयामका लागि २ सय ५० मेगावाट सम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरणको भनाई / भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काटने र जोडनुपर्ने बाध्यता पनि हट्ने उल्लेख ।

८.(वन फडानीको अनुमति ?)
काठ कटान, ओसार पसार र विक्रि वितरण तत्काल खुला गर्न राष्ट्रिय वन उपभोक्ता महासंघको सरकारसँग माग/देशभरीका २९ लाख घरधुरी र १ करोड ४० लाख उपभोक्ताहरु आफ्नो दैनिक कामबाट समेत बञ्चित भएको गुनासो ।

९.(तस्करको हिम्मत)
विराटनगरको सीमा क्षेत्र मटेरुवाबाट तस्कर समूहसँगको घम्साघम्सीमा प्रहरीद्वारा एक राउण्ड हवाई फायर/तस्करीमा संलग्न अरबिना खातुन १०८ थान छालाको बेल्ट सहित पक्राउ ।

१०.(सुपथको पसल)
चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द/सुपथ पसललाई चाडपर्वमा मात्र केन्द्रीत नगरी अन्य समयमा पनि सञ्चालन गरिनुपर्ने स्थानीयको माग/ धनगढीको पसलबाट १ करोड बढीको कारोबार ।

११.(पेन्सन लिने बाटो)
कोरोना महामारीका कारण बन्द रहेको बैतडीको झुलाघाट नाका आजदेखि पाँच दिनका लागि खुल्ने /भारतीय पेन्सनरहरूलाई आवतजावत गर्नका लागि मंसिर १२ गतेसम्मका लागि नाका खुल्ला गरिएको जिल्ला प्रशासनको भनाई ।

१२.(कतार जाने हो ?)
कतार सरकारले अब नयाँ श्रमिकलाई पनि आउन दिने भएपछि नेपाली दूतावासले थाल्यो मागपत्र प्रमाणीकरणको काम /अब म्यानपावर व्यवसायीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने राजदूत डा. नारदनाथ भारद्वाजको भनाई ।

१३.(रेकर्ड बनाउदै शेयर)
शेयर बजारमा कारोबार रकमले बनायो नयाँ रेकर्ड /आइतबार बजार बन्द हुँदा सम्म ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार / नेप्से परिसूचक १७ सय ८२ दशमलव ८१ अंकमा पुगेर बन्द ।

१४.(खोपको मूल्य कति ?)
कोरोना खोप २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने खोप निर्माता अमेरिकी कम्पनी मोडेर्नाको भनाई /खोपको भाउ माग गरिएको परिणाममा निर्भर हुने र खोपको मूल्य फ्लुको खोप बराबरकै हुने उल्लेख ।

र,

१५.(कोरोना प्रभावितहरु)
विश्वमा कोरोना महामारीका कारण हालसम्म १३ लाख ८८ हजार बढीले ज्यान गुमाए /५ करोड ८६ लाख बढीमा संक्रमण पुष्टि/४ करोड ५ लाख बढी संक्रमण मुक्त ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top