काठमाडौं र भक्तपुरका सिडिओ फेरिए

७ मंसिर, काठमाडौं ।

Advertisement

काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा गरिएकाे छ ।  काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् ।

Advertisement

दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए । काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

त्यस्तै भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । भट्टराईकाे सरुवा भएपछि  धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top