दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(२ वर्षमै विघटन)
संसद विघटनविरुद्ध परेको मुद्दामाथिको बहस गर्न प्रधानन्यायाधीशद्वारा १५ मिनेटको समय निर्धारण/ संसद पुनः स्थापना नभए प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष लेखे पनि २ वर्षमै विघटन हुने वरिष्ठ अधिवक्ता संग्रौलाको दाबी ।

२.(न्यायमूर्तिविरुद्ध मुद्धा)
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने पूर्वप्रधान्यायाधीशहरुविरुद्ध अवहेलना मुद्दा दायर/ पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध दायर मुद्दाको पेशी माघ १५ गते तोकियो ।

Advertisement

३.(धर्नाको उद्धेश्य)
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल–नेपाल पक्षद्वारा माइतीघरमा धर्ना/ देशलाई प्रतिगमन तर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको नेतृ पम्फा भुसालको भनाई ।

४.(एकताको मोडल)
नेकपाका उपाध्यक्ष वामदेव गौतमद्वारा विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा /पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइ छाड्ने प्रतिबद्धता ।

Advertisement

५.(सुरु भयो खोप)
नेपालमा कोरोना भाइरस विरुद्धको खोप देशव्यापी रुपमा लगाउन सुरु /१० दिन सम्म सञ्चालन हुने अभियानमा करिब ४ लाख ५० हजार जनाले खोप लगाउने/ सबैलाई निश्चिन्त भएर खोप लगाउन खोप लगाएका स्वास्थ्यकर्मीहरुको आग्रह ।

६.(आशा गरौं)
तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निःशुल्क रुपमा पाउने दाबी।

७.(राष्ट्र प्रमुखको वाणी)
कोभिड–१९ विरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहि सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आभार व्यक्त / विश्वका सबै देशमा खोपको न्यायोचित वितरण हुनुपर्छ भन्ने नेपालको मान्यता रहेको उल्लेख ।

८.(संक्रमितको संख्या)
पछिल्लो २४ घण्टामा नेपालमा थपिए २ सय ८३ कोरोना संक्रमित /आजै २४६ जना संक्रमणमुक्त/ सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ पुग्दा अहिलेसम्म मृत्यु हुनेको संख्या २०२० पुग्यो ।

९.(एमसीसीको महत्व)
एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको भनाई /देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवस्यक देखिएपनि भ्रम सिर्जना भएको दाबी ।

१०.(निर्मम हत्या)
बझाङका २७ वर्षीय अमृत सिंहको खुडा प्रहारबाट हत्या भएको विरोधमा नेविसंघको प्रदर्शन /सदरमुकाम चैनपुर बजार र लामो तथा छोटो दुरीमा चल्ने गाडी बिहानैदेखि बन्द /हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ ।

११.(वनको काठ निकाल)
अवैध रुपमा रुख कटानलाई रोक्न सरकारद्वारा ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज /अब वनमा कटान भइसकेका काठदाउरा प्रक्रिया पूरागरी सदुपयोग, विक्री वितरण तथा ओसार पसार गर्न सकिने ।

१२.(गाउँ नै जल्यो)
जुम्लाको जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट ३० घरसँगै ७० पशुचौपायाको जलेर मृत्यु /सुधारिएको चुल्होको पाइपबाट सल्केको आगो गाउँभरि फैलिएको र विकट ठाँउका कारण आगलागी नियन्त्रण गर्न नसक्दा गाँउ नै सखाप ।

१३.(लगानीको प्रभाव)
कृषिमा विदेशी लगानीको विरोधमा राष्ट्रिय संघर्ष समितिद्वारा काठमाडौंमा विरोध प्रदर्शन /लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा समेत प्रतिकूल असर पर्ने चिन्ता ।

१४.(क्रिकेट र फुटबल)
प्रधानमन्त्री कप क्रिकेटमा साविक विजेता पुलिसलाई ३० रनले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश/ कुशुम खतिवडाको ह्याट्रिकमा महिला लिगमा विराटनगर महानगरपालिकाद्वारा चन्द्रपुरमाथि ५–० को फराकिलो र प्रतियोगितामा पहिलो जित दर्ता ।

र,

१५. (विश्व विशेष)
आफ्ना नागरिकहरुलाई भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न अमेरिकाको आग्रह /संक्रमणले ज्यान गुमाउनेको संख्या बढेपछि लकडाउनलाई पूर्णरुपमा पालना गर्न बेलायत सरकारको आग्रह /विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top