×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

दिनभरका प्रमुख खबर

४ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(त्रसित माननीय)
कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संसदको काम कारवाही रोक्नुपर्ने राष्ट्रियसभाका सदस्यहरुको भनाई /सरकारले सबै भन्दा बढी भिडभाड हुने ठाउँहरु निषेध गर्नुपर्ने र यसको सुरुवात संसदबाट नै गर्नुपर्ने माग ।

२.(गम्भिर आरोप)
सरकारले कोरोना भाइरसको संक्रमण एकजनामा पनि नदेखिएको बताइरहेका बेला शंकास्पद व्यक्तिमाथि कुनै परीक्षण नभएको वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितको आरोप /परीक्षण नै नगरी सरकारले जनतालाई धोका दिएको आरोप ।

३.(एसइई रोकिदैन)
माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तालिकामै सञ्चालन सरकार प्रवक्ताको युवराज खतिवडाको भनाई/ कोरोना भाइरसको संक्रमणको उच्च जोखिम भएपनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी ।

४.(मशेसको संभावना)
प्रदेश २ ले आजदेखि नाम पाउदै /नेकपा र कांग्रेसले प्रस्ताव गरेको मध्य मधेस, जानकी र मिथिला भोजपुरा नाम अस्वीकृत /अब समाजवादी र राजपाले संयुक्त रूपमा प्रस्ताव गरेको मधेस नाममा मतदान हुने ।

५.(तात्यो सरकार)
सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्चालन गर्ने/ कालोबजारी र मूल्यवृद्धि गरेको भेटिए उदार र लचक नहुने उद्योगमन्त्री लेखराज भट्टको चेतावनी / बुधबारदेखि बजारमा १ लाख थान मास्क जाने ।

६.(७२ घण्टामा अस्पताल)
कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पताल निर्माण हुने /७२ घण्टाभित्र सेवा सञ्चालनमा ल्याउने गरी निमार्ण हुने कोरोना विशेष अस्पतालको व्यवस्थापनकालागि १३ जनाको टोली गठन ।

७.(कुरा मात्रै कि काम पनि)
भूमि सम्बन्धी सम्पूर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरि सरकारले काम गरिरहेको भूमि व्यवस्थामन्त्री पद्य्मा अर्यालको स्पष्टोक्ति /सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या उठाईरहनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिवद्धता ।

८.(लागूऔषधविरुद्ध प्रहरी)
नियन्त्रित लागूऔषध र मनोद्विपक पदार्थ सहित १२ जनालाई लागुऔषध नियन्त्रण ब्युरोद्वारा विभिन्न स्थानबाट पक्राउ / नेपालमा लागूऔषध भित्रिने मुख्य नाकाहरु वीरगञ्ज, काँकडभित्ता र सुनौली रहेको प्रहरीको भनाई ।

९.(टिपरले किचेपछि)
टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको विषयलाई लिएर आफन्त र स्थानीयले गरेको प्रदर्शनले उग्र रुप लिनसक्ने आँकलन गर्दै काभ्रेको पनौतीमा अनिश्चतकालिन कर्फ्यु जारी /मृतकको शव पोस्टमार्टमको लागि अस्पतालमा ।

१०.(कर्मचारीलाई कस्दै)
सरकारको अवहेलना गरे कर्मचारीलाई १० वर्षदेखि जन्मकैदसम्मको सजायको तयारी/नेपाल विशेष सेवा ऐनमा कर्मचारीहरुले गर्ने कसुरमा हुने सजाय कडा भएको भन्दै सबै कसुरमा एउटै सजाय हुन नहुने र सांसदहरुको भनाई ।

११.(सीइओका प्रावधान)
बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने/ विपन्नलाई प्रोत्साहन गर्नका लागि पनि लघु बीमालाई अनिवार्य गर्नुपर्नेमा अर्थमन्त्री खतिवडाको जोड ।

१२.(हेपाहा प्रबृति)
भारतको एक घरमा काम गर्ने दैलेखका एक कामदार चोरी गरी फरार भएपछि खोजी गर्दै भारतीय प्रहरी विना अनुमति पोसाकमै दैलेख आइपुगे /पोशाकमा आउन नपाउने थाहा नभएपछि माफी मागेको दैलेख प्रहरीको भनाई ।

१३.(नेपालीको घर फिर्ती)
कतारले कोरोना भाइरसको संक्रमणलाई लिएर कडा नीति अपनाएसंगै कतारबाट करिब २ सय ५० नेपाली सोमबार नेपाल डिपोर्ट /अपमानपूर्वक आफूलाई देश निकाला गरेको भन्दै कुटनीतिक पहल गर्न सरकारलाई कामदारहरुको आग्रह ।

१४.(राखेपको निर्णय)
विश्व भर कोरोना भाइरस (कोभिड १९) का कारण परेको असरलाई मध्यनजगर गर्दै सबै गतिविधि रोक्ने राष्ट्रिय खेलकुद परिषदको निर्णय / तत्काल एक साताका लागि खेलकुदका सबै गतिविधि रोक्ने निर्णय गरेको राखेपद्वारा जानकारी ।

र,
१५.(हरियो सूचीमा हामी)
कोरोना भाइरसको सङ्क्रमण एक सय ६२ देशमा फैलियो /भाइरस फैलिएको देशमध्ये नेपाल मात्रै हरियो सूचीमा /भाइरसका कारण एक लाख ८२ हजार सात सय ६४ जना संक्रमित/सात हजार एक सय ७४ को मृत्यु ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top