शंकास्पद व्यक्तिमाथि कोरोनाको परीक्षण नभएको बरिष्ठ चिकित्सकको आरोप

४ चैत ७६, मंगलबार
Share this
696shares

४ चैत, काठमाडौँ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एकजनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले भने शंकास्पद व्यक्तिमाथि कुनैपनि परीक्षण नभएको आरोप लगाएका छन् । कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै डा. दिक्षितले भाइरस परिक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाएका हुन् ।

Advertisement

उनले भने ‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँत आएकै छैन एउटालाई मात्रै देखिएको थियो नेपालमा त कोरोना भाइरस छदैछैन्, टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त ?’ उनले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावी समेत गरे । उनले सरकारसँग भएका केही किटहरु भिआइपिको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप समेत लगाए । उनले भने ‘अझ खतरनाक कुरा जो जति किट छ रे त्यो खालि भिआइपिको लागि त्यो कति सत्य हो त्यो चाहिं भन्न सक्दिन र अरु तीनवटा कुरा चाहिं विलकुल सत्य हुन् ।’

कदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरिदिएको उनले बताए । उनले आफ्नो अस्पतालमा अझैपनि ३ जना संकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परिक्षण नगरिदिएको आरोप समेत लगाए । साक्षत्कारमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले भने कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताएका छन् । उनले भने ‘डरलाग्दो ढंगले हस्तक्षेप गर्छौ हामी की कुनैपनि भोलीका दिनमा कालोबजारी गरेको पाइएमा र कसैले पनि यहि मौकालाई छोपेर कमाउने धन्दामा लाग्ने, कृतिम अभाव सिर्जना गर्ने गरेको पाइएमा हामी कुनैपनि हालतमा पनि छोडदैनौं, कठोर भएर निर्दयीपूर्वक प्रस्तुत हुन्छौं । राज्यले यसमा कम्प्रमाइज गर्दैन कुनैपनि व्यापारी व्यवसायी उत्पादक कसैलाई पनि त्यो सहुलियत छैन कसैलाई पनि त्यो मौका आउने छैन् ।’

Advertisement

कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विस्वस्त हुन पोखरेलले आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top