नयाँ शैक्षिक सत्रको भर्ना नलिन शिक्षा मन्त्रालयको अपिल

४ चैत, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड–१९)को जोखिम तथा सन्त्रास बढिरहेको हुँदा सरकारले शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन भनेको छ । चालू वर्षको परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल गरेको हो ।

Advertisement

मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार अपिलपत्र जारी गर्दै अर्को शैक्षिक सत्र शुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अनावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ– ‘विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरसको संत्रासका कारण आवश्यक सतर्कता अपनाउन चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्म परीक्षा सञ्चालन गरिसक्न अनुरोध गरिएको थियो, यो परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र सुरु नहुन्जेलसम्म करिब तीन हप्ता देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बाललिकाहरु घर परिवारमा नै रहने छन्। बालबालिकालाई घर बाहिर नजान, विद्यालयमा सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाको नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ।’

त्यसैगरी, माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेबाट सुरु भइ १७ गते सकिने छ। एसईई परीक्षा पूर्वनिर्धारित समय तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको पनि जनाईएको छ । उक्त परीक्षाको तयारी पूरा भएको उल्लेख गर्दै विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

परीक्षा अवधिभरि कुनै पनि परीक्षा केन्द्रमा अनावश्यक भीडभाड नगर्न अभिभावक र स्थानीय जनसमुदायलाई अनुरोध गरिएको छ। मन्त्री पोखरेलले अपिलपत्रमा भनेका छन्, ‘परीक्षालाई मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्न विद्यार्थी, शिक्षक, अभिभावक, सुरक्षाकर्मी, सरकारी निकाय, आमसञ्चार माध्यम तथा पत्रकारजगत, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालामा हार्दिक अपिल गर्दछु।’उक्त परीक्षामा देशभरका १९९५ परीक्षा केन्द्रमा सञ्चालन हुने पनि जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top