दुई अर्बको कर छली:१६ आरोपीविरुद्ध मुद्दा

१० बैशाख ७८, शनिबार

१० बैशाख,काठमाडौं । रु दुई अर्ब बढी राजश्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध आज राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरी राजश्व छली गर्ने सर्लाही घर भई ललितपुर बस्दै आएका अनिल गुप्ता एण्ड एसोसियटसका सञ्चालक अनिलकुमार गुप्ता तथा सोही जिल्ला घर भई काठमाडौँ बस्ने अङ्कुश ट्रेड एण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महतोको नेतृत्वमा यसरी अर्बौँको राजश्व छली भएको पाइएको विभागले जनाएको छ ।

लामो अनुसन्धानपछि तथ्य प्रमाणका आधारमा १६ प्रतिवादीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा चलाइएको विभागले जनाएको छ । उनीहरुले रु दुई अर्ब १९ करोड ८८ लाख बिगो बराबरको राजश्व छली गरेकाले बिगो असुल गरी जरिवाना र कैद दाबी लिई मुद्दा दर्ता गरिएको विभागले आज जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

उनीहरुले विभिन्न फर्मका नाममा बिक्री भएको भनी नक्कली तथा झुट्टा बीजक जारी गरी सो बमोजिमको रकम भुक्तानी लिई असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ ।

प्रतिवादीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिमको कसूर गरी राजश्व चुहावट गरेकोले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ) बमोजिम राजश्व चुहावट गरेको विभागले उल्लेख गरेको छ ।

राजस्व छलीमा गुप्ता र महतोसहित पर्साका रामचन्द्र माझी, भुलावन महरा चमार, दीपककुमार कायस्थ, वकिल देवान, अभिमन महतो, बाराका अकलीहजरा दुसाद, मुअन महरा, काठमाडौँका सरोज श्रेष्ठ, सञ्जय श्रेष्ठ, सर्लाहीका अञ्जु गुप्ता र वाणेश्वर महतो तथा उदयपुरका सरोज ढकाल, राधेश्यामप्रसाद साह, रत्नगोपाल श्रेष्ठ संलग्न रहेको विभागले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top