विराटनगर : सोमबार सेप्टेम्बर १० अर्थात विश्वभर आत्महत्या सचेतना दिवश मनाईरहेको बेला मोरङमा सोमबार बिहान हृदयविदारक घटना भयो । बुढीगंगा गाउँपालका – २ आमाहीकी २९ बर्षीय कविता यादवले दुईवटा छोरालाई झुण्ड्याएर आफुले पनि आत्महत्या गरिन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
भाग्यको खेल, १० वर्षे छोरा निशान आफ्नै आमाले झुण्ड्याइदिएको डोरी छिनेपछि बाँचे । तर, कविताले अर्को पाँच वर्षे नाबालक अमन र आफुलाई मृत्युको मुखमा पुर्याएरै छोडिन् ।आफैंले जन्माएका दुई छोरालाई सुरुमा झुण्ड्याएर आफु मर्ने योजना बनाएपनि एउटा छोरा बाँच्न सफल भए ।
निशानको स्वास्थ्य अवस्था सामान्य छ । आमाले सुरुमा आफुलाई डोरीले बाँधेर झुण्ड्याएको अस्पतालको बेडबाट उनले बयान दिएका छन् ।
कविताले दोस्रो विवाह गरेकी थिईन् । उनका पहिलो पति दुई वर्ष अघि बितेका थिए ।
उनी पारिवारिक तनावमा भएकोले आफ्ना सन्तानसहित आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । कविताले आफ्नै घरभित्र नरिवलको डोरीले आफु र छोराहरुलाई झुण्ड्याएकी थिईन् । घटनास्थलमा भेटिएकी कवितापनि डोरी चुँडिएर भुईँमै लडेकी थिईन् ।