×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

दुई दिने नेपाल भ्रमण पूरा गरी फर्किए भारतीय विदेश सचिव श्रृंगला

१२ मंसिर २०७७

१२ मंसिर, काठमाडाैँ ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालको दुई दिने भ्रमण पूरा गरेर नयाँ दिल्ली फर्केका छन् । उनी शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

Advertisement
Advertisement

भ्रमणका क्रममा विदेश सचिव श्रृंगलाले दुई मुलुक कूटनीतिक संवादको बाटो खोल्दै नेपाल–भारतबीच रहेको सीमा समस्यालाई कूटनीतिक संवादमार्फत समाधान गर्ने प्रस्ट पारेका छन् । उनले बिहीबार समकक्षी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँगको द्विपक्षीय वार्ता गरेका थिए ।

लगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेसका नेताहरु र शुक्रबार बिहान मधेसका नेताहरुसँगको भेटवार्तामा भारतले पनि नेपालले जस्तै वार्तामार्फत नै समस्याको समाधान खोजेको सन्देश दिए । साथै, उनले आगामी दिनमा नेपाल र भारत बीचमा कूटनीतिक संवाद हुने पनि उनले संकेत गरे ।

उनले शुक्रबारै दिल्ली जानुअघि गोरखामा भारतको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका घरहरुको अवलोकन गरे भने स्कुल भवनको उद्घाटन गरे । साथै, उनले मनाङ पुगेर गुम्बा पनि उद्घाटन गरे । मनाङमा आयोजित कार्यक्रममा उनले बुद्धिजम भारत र नेपाललाई जोड्ने महत्त्वपूर्ण धागो रहेको बताए ।

Advertisement
Advertisement

श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको संवादहिनता तोडेको विज्ञहरुले बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top