कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का

१२ मंसिर ७७, शुक्रबार

१२ मंसिर, सुर्खेत ।

Advertisement

कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नारायण नगरपालिका–८ दैलेख निवासी सर्वराज खड्कालाई नियुक्त गरेको छ ।

प्रदेश सरकारको बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

Advertisement

यसअघि दैलेखकै प्राडा पुण्यप्रसाद रेग्मीलाई विसं २०७५ मङ्सिर ३ गतेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । तीन महिनाअघि उपाध्यक्ष प्राडा रेग्मीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा वीरेन्द्रनगर नगरपालिका ९साविक लाटीकोईली–९ सुर्खेत०का झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताइन् ।

Advertisement

त्यसैगरी सल्यानको कुमाख गाउँपालिकाको वडा सङ्ख्या र सिमाना तथा दैलेख भगवतीमाई गाउँपालिकाको वडा सङ्ख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकारसमक्ष स्वीकृतिका लागि पठाउने निर्णय उक्त बैठकले गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेश सुरक्षा मापदण्ड–२०७७, कर्णाली प्रदेश सुरक्षा रणनीति–२०७७ र शान्ति अध्ययन तथा घाइते अपाङ्ग पुनस्र्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री केसीले बताइन् ।

उनका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा बैठकमा कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top