×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

इयुको उडान प्रतिबन्ध चाँडै हट्छ : पर्यटन मन्त्री भट्टराई

१२ मंसिर २०७७

१२ मंसिर, काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली सङ्घ (इयु) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको उल्लेख गर्दै उनले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध लगाइराख्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारे।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को आज सार्वजनिक गर्दै मन्त्री भट्टराईले ईयूको सुरक्षा चासोअनुरुप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्नसक्ने जिकिर गरे ।

उनले भने, “युरोपियन मुलुकमा हाम्रो उडान प्रतिबन्ध कायमै छ, अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथी छौँ, तर पनि किन प्रतिबन्ध कायमै, प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनले पनि हाम्रो अवस्थालाई स्पष्ट गरेको छ, त्यसैले अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन, यो कुनै तथ्यमा आधारित पनि छैन ।”

उनले ईयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लबिङ र संयुक्त पहलकदमी चाहिने बताए । पर्यटनमन्त्री भट्टराईले कानूनी प्रक्रिया पूरा गरी चाँडै नै ईयूको प्रतिबन्ध फुकुवा गरिने उल्लेख गरे ।

प्राधिकरण विभाजनसम्बन्धी विधेयक चाँडै टुङ्गिने
प्राधिकरण विभाजनसम्बन्धी विधेयक संसद्को राष्ट्रियसभामा पेश भई उक्त सदनको विधान समितिमा छलफल भइरहेको जानकारी दिँदै उनले चाँडै प्रतिनिधिसभामा पनि विधेयक पेश गरिने बताए ।

उनले नेपालको उडान सुरक्षा दक्षिण एशियामै उत्कृष्ठ भएको उल्लेख गर्दै आगामी दिनमा दुर्घटना दरलाई शून्यमा झार्ने गरी काम गर्न प्राधिकरणका कर्मचारी तथा एयरलाइन्सलाई निर्देशन दिए।

प्राधिकरणका अनुसार नेपालको उडान सुरक्षा दर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० ले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करिब ६७ प्रतिशत प्रगति गरेको छ ।

जबकी आइकाओअन्तर्गका कतिपय मुलुकले योस्तर कायम गर्न सकेका छैनन् । एशिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको छ ।

मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्र ग्लोबल सदस्य भएकाले देशभित्रको दायित्व र अन्तर्राष्ट्रिय नियम र बाध्यतासँगै परिपालना गर्नुपर्ने भएको अवस्थामा पनि पछिल्लो समय हवाई उड्डयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको र दुर्घटना दर पनि घटेको बताए ।

उनले कोभिड–१९ को सङ्क्रमणका बेला नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक दिन पनि बन्द नभई निरन्तर रुपमा सेवा प्रवाह भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय नियमित उडानतर्फ हाल बाँकी गन्तव्यको उडान पनि छिट्टै सञ्चालन गरिने जानकारी दिए । मन्त्रिपरिषद्को हालैको बैठकले उडान प्रतिबन्ध मुलुकमा उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको ग्लोबल एभिएसन सेफ्टी प्लानको ६० प्रतिशतभन्दा माथि नेपालको प्रगति रहेको र यो स्तर दरलाई ७५ प्रतिशत पु¥याउने लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार पछिल्ला तीन वर्षमा हवाई दुर्घटना दर औसतमा वर्षमा एक दुर्घटना र सात जनाको निधन हुने गरेको छ ।

प्राधिकरणले सन् २०१७ देखि एभिएसन सेफ्टी रिपोर्ट हरेक वर्ष सार्वजनिक गर्दै आएको छ । नेपाल हवाई उडान सुरक्षाको क्षेत्रमा प्रगतिशील र पारदर्शी छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि रिपोर्ट सार्वजनिक गर्ने गरिएको प्राधिकरणले जनाएको छ ।

नेपालमा हवाई दुर्घटना दर घट्यो
उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिवृद्धिलगायतका कारणले नेपालको हवाई दुर्घटनादर घटेको छ । यसबाट हुने मृत्युदर पनि घटेको छ ।

पछिल्लो १० वर्षको अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तर दरमा प्रगति हुनुले पनि यसको पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१९ को एभिएसन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना र तीनको मृत्यु भएको छ । सन् २०१० मा दुई दुर्घटना ३६ को मृत्यु भएको थियो । त्यस्तै हेलिकोप्टरतर्फ सन् २०१९ दुई दुर्घटनामा सातको मृत्यु भएको छ ।

प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाले सेफ्टी रिपोर्ट प्रस्तुत गर्दै पछिल्ला वर्षमा हवाई दुर्घटना तथा मृत्युदर घटेको बताए। नेपालमा हवाई दुर्घटना हुने मूख्य चुनौतीका रुपमा पहाडी भेगको उडानमा साना १९ सिटे जहाजको प्रयोगको बाध्यता, कठिन भूगोल, मौसमी अवस्था, छोटो धानवमार्ग आदि कारण रहेको विज्ञहरु बताउँछन् ।

दुर्गममा उडान हुने विमानस्थमा विमान तथा हेलिकोप्टर उडानका लागि प्राधिकरणले छुट्टै सुरक्षा टोली गठन गरी एयरलाइन्ससँगको सहकार्यमा विभिन्न सुरक्षाका उपाय अवलम्बन गरेकाले हवाई दुर्घटना दर घटेको प्राधिकरणको हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताए।

Advertisement

त्यस्तै आइकाओलगायत हवाई उडानसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको समन्वय र सहकार्यका कारण पनि नेपालको उडान सुरक्षास्तर दर वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top