पहिलो वान डेमा अस्ट्रेलियाले भारतलाई ६६ रनले हरायो

१२ मंसिर ७७, शनिबार

१२ मंसिर, एजेन्सी ।
अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा भारतलाई ६६ रनले पराजित गरेको छ । जितसँगै अष्ट्रेलियाले तीन ओडिआई खेल खेलको सिरिजमा १–० को अग्रता लिएको छ । शुक्रबार साँझ सिड्नी क्रिकेट मैदान सिड्नीमा सम्पन्न खेलमा जितको लागि ३ सय ७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ८ रन बनायो ।

भारतका ओपनर शिखर धवन र अलराउन्डर हार्दिक पान्ड्या बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । पान्ड्याले तल्लोक्रममा ७६ बलमा ७ चौका र ४ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिएपनि जितका लागि पर्याप्त भने थिएन । धवनले ८६ बलमा १० चौका सहित ७४ रनको योगदान दिए ।

कमजोर सुरुवात गरेको भारतलाई पाँचौ विकेटका लागि धवन र हार्दिक पान्ड्याले १ सय २८ रनको साझेदारी गर्दै जितको झिनो आशा कायमै गरेका थिए । स्पिनर एडम जाम्पाको ३५ औं ओभरको तेस्रो बलमा धवन मिड अफमा मिचेल स्टार्कबाट क्याच आउट भएपछि भारतको जितको सम्भावना टाढिएका थियो ।

Advertisement

जाम्पाकै ३९ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका हार्दिक लङ अनमा स्टार्कबाट क्याच आउट भएपछि पहिलो ओडिआई शतक अधुरै बनेको थियो । यो हार्दिकको ओडिआई करिअरको उच्च प्रर्दशन हो ।

भारतले पहिलो विकेट छैटौं ओभरको दोस्रो बलमा गुमाएको थियो । ओपनर मयंक अग्रवाल र धवनले पहिलो विकेटका लागि ५।२ ओभरमा ५३ रनको साझेदारी गरेका थिए । जोश हेजलवुडले अग्रवाललाई ग्लेन म्याक्सवेलबाट २२ रनमा क्याच आउट गराए । अग्रवालले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

विशाल लक्ष्य पछ्याइरहँदा दशौं ओभरमा भारतले प्रमुख दुई ब्याट्सम्यान गुमाएको थियो । तेस्रो बलमा हेजलवुडले कप्तान विराट कोहलीलाई आरोन फिन्चबाट २१ रनमा क्याच आउट गराए । कोहलीले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे । एडम जाम्पाले क्याच ड्रप गर्दा कोहलीले ब्यक्तिगत एक रनमै जीवनदान पाएका थिए । तर उक्त जीवनदानको सदुपयोग लामो समय भने गर्न पाएनन् ।

एक बलपछि श्रेयस ऐर बाउन्सर बलमा टप एज लागेर विकेटकिपर एलेक्स केरीबाट २ रनमा क्याच आउट हुँदा भारत ८०–३ को कमजोर अवस्थामा पुगेको थियो । स्पिनर एडम जाम्पाले १४ औं ओभरको तेस्रो बलमा विकेटकिपर लोकेश राहुललाई १२ रनमा स्टिभ स्मिथबाट क्याच आउट गराएपछि अष्ट्रेलिया हाबी बनेको थियो ।

तल्लोक्रममा रविन्द्र जडेजा २५, नवदीप सैनी २९ र मोहम्मद शामीले १३ रनको योगदान दिए । स्पिनर एडम जाम्पाले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको गुमाउँदै ३ सय ७४ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन कप्तान आरोन फिन्च र स्टिभ स्मिथले सानदार शतक प्रहार गर्दा डेभिड वार्नर र ग्लेन म्याक्सवेलले पनि राम्रो ब्याटिङ गरे ।

स्मिथले आक्रामक ब्याटिङ गर्दै स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का सहित १ सय ५ रनको उत्कृष्ट शतकीय इनिङ खेले । स्मिथले मात्र ६२ बलमा शतक प्रहार गरेका थिए । स्मिथ अष्ट्रेलियाबाट ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने तेस्रो खेलाडी बन्न पुगे । स्मिथको ओडिआई करिअरको १० औं शतक पर्दछ । स्मिथलाई अन्तिम ओभरको तेस्रो बलमा मोहम्मद शामीले बोल्ड आउट गरे ।

ओपनर तथा कप्तान आरोन फिन्चले १ सय २४ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक १ सय १४ रनको शतकीय योगदान दिए । फिन्चको ओडिआई करिअरको यो १७ औं शतक हो । उनले १ सय १७ बलमा शतक पूरा गरेका थिए । फिन्च जस्प्रित बुमराहको ४० औं ओभरको अन्तिम बलमा लोकेश राहुलबाट क्याच आउट हुन पुगेका थिए । तल्लोक्रममा ग्लेन म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्का सहित ४५ रनको आक्रामक इनिङ खेलेका थिए ।

अष्ट्रेलियालाई दुई ओपनर फिन्च र वार्नरले पहिलो विकेटका लागि २७।५ ओभरमा १ सय ५६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी २८ औं ओभरको पाँचौ बलमा तीव्र गतिका बलर मोहम्मद शामीले वार्नरलाई क्याच गराउँदै तोडेका थिए । सामीको बलमा आउट साइड एज लागेपछि वार्नर ६९ रनमा विकेटकिपर लोकेश राहुलबाट क्याच आउट हुन पुगे । कप्तान विराट कोहलीले रिभ्यु लिदै वार्नरलाई पेभिलिएन फर्काए । वार्नरले ७६ बलमा ६ चौका प्रहार गरे ।

स्पिनर रविन्द्र जडेजाको बलमा एम्पायरले स्मिथलाई ब्यक्तिगत १५ रनमा एलबिडब्लू आउट दिएका थिए । तर स्मिथले रिभ्यु लिदै एम्पायरको निर्णय गलत सावित गर्दै शतक पूरा गरे । दोस्रो विकेटका लागि फिन्च र स्मिथले १ सय ८ रनको साझेदारी गरेका थिए । आजको खेलमा मार्कस स्टोइनिस भने असफल भए । ४१ औं ओभरको चौथो बलमा स्टोइनिसलाई चहलले राहुलबाट शून्यमा आउट गराएका थिए ।

चौथो विकेटका लागि स्मिथ र म्याक्सवेलले २५ बलमा ५७ रनको आक्रामक साझेदारी गरेका थिए । ४५ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा म्याक्सवेल रविन्द्र जडेजाबाट क्याच आउट हुन पुगे । मार्नस लाबुसेन २ रनमा क्याच आउट भए । एलेक्स केरी १७ र प्याट कमिन्स १ रनमा अविजित रहे ।

भारतीय स्पिनर युजभेन्द्र चहलले महँगो सावित हुँदै १० ओभरमा ८९ रन खर्चेर १ विकेट लिए । जुन भारतीय स्पिनरले ओडिआईमा खर्चेको सर्वाधिक रनमा पर्दछ । मोहम्मद शामीले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा ७३ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीले १० ओभरमा ८३ रन खर्चेर १ विकेट लिए । दोस्रो ओडिआई खेल सिड्नीमै आइतबार हुने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top