दुई पटक ओस्कार विजेता अभिनेत्री ओलिभियाको निधन

१२ साउन, एजेन्सी ।
हलिउडको ‘गोल्डेन एज’ की एकमात्र जीवित स्टार ओलिभिया डी हाभिल्याण्ड पनि बिदा भएकी छन् ।

उनको १०४ वर्षको उमेरमा निधन भएको हो । हलिउडमा ५० वर्ष भन्दा धेरै सक्रिय रहेकी ओलिभियाले झण्डै ५० चलचित्रमा काम गरेकी छन् । उनी सन् १९३९ को ‘गन विथ द विन्ड’ एक मात्र जीवित कलाकार थिइन् ।

ओलिभिया गन विथ द विन्डकै लागि ओस्कार अवार्डमा मनोनित भएकी थिइन् । त्यसबाहेक उनी अरु चारपटक ओस्कार अवार्डमा मनोनयनमा परेकी उनले दुई पटक अवार्ड जितिन् ।

Advertisement

ब्रिटिस–अमेरिकन अभिनेत्री ओलिभिया सन् १९६० देखि फ्रान्सको पेरिसमा बस्दै आएकी थिइन् । उनी हलिउडको स्टूडियो सिस्टमलाई तल पारेर कलाकारलाई राम्रो सम्झौता दिलाउने भूमिकामा महत्वपूर्ण व्यक्ति मध्येमा पर्छिन् ।

बहिनी जोन फोन्टेइसँग उनको सम्बन्ध निकै राम्रो थियो । फोन्टेइले पनि ओस्कार अवार्ड जितेकी थिइन् । ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनको निधन आइतबार पेरिस स्थित निवासमै भएको जानकारी दिइएको सिएनएनले जनाएको छ ।

Advertisement

ओलिभियाको जन्म जापानको टोकियोमा सन् १९१६ को जुलाई एकमा भएको हो । त्यसको केही समयपछि नै उनको परिवार अमेरिकाको क्यालिर्फोनिया गएको थियो । उनले एरोल फ्लीनसँग क्याप्टेन ब्लडमा काम गरेकी थिइन् ।

उनले द एड्भान्चर्स अफ रोबिन हूडमा पनि काम गरेकी थिइन् । गन विथ विन्डका लागि उनले ओस्कार जितिन् । उनले सन् १९४६ मा ‘टू इच हिव वन तथा सन् १९४९ मा द हाइरेसका लागि ओस्कार अवार्ड जितेकी थिइन् ।

सन् १९८० को दशकसम्म काम गरेकी उनले १९८६ मा एनास्टेसियाः द मिस्ट्री अफ एनाका लागि गोल्डेन ग्लोब अवार्ड जितेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top