सुडानको डाफुरमा हिंसात्मक घटना बढ्यो

११ साउन ७७, सोमबार

१२ साउन, एजेन्सी ।
सुडानले हिंसात्मक घटना बढेपछि डाफुर क्षेत्रमा थप सैनिक पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री अब्दाल्ला हाम्दोकले थप भएको सुरक्षाकर्मीले खेतीपातीको सिजनमा डाफुरका मानिसको रक्षा गर्ने बताएका छन् । बन्दुकधारीले डाफुरमा शनिबार ६० जना भन्दा बढीको हत्या गरेका थिए । त्यसको अघिल्लो दिन अरु २० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

डाफुरका धेरै गाउँहरु आक्रमणकारीले जलाएका छन् । स्थानीय बजारमा लुटपाट भएको पनि संयुक्त राष्ट्रसंघ अन्तर्गतको कोअर्डिनेशन अफ ह्युम्यानेटेरियन अफिअर्स (ओसिएचए) ले जनाएको छ ।

Advertisement

पछिल्लो दिनमा डाफुरका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधि बढेपछि खेतीपातीको सिजनमै पनि मानिसहरु विस्थापित भएको ओसिएचएले उल्लेख गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन ।

डाफुरमा पछिल्लो दुई दशकदेखि हिंसा जारी छ । यो हिंसाका कारण झण्डै तीन लाख मानिसको ज्यान गएको र २० लाख भन्दा बढी विस्थापित भएको संयुक्त राष्ट्रसंघको भनाई छ ।

Advertisement

डाफुरमा गएको वर्ष सत्ताच्यूत भएका तत्कालीन राष्ट्रपति ओमार अल–बाशिर समर्थक सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त हुने गरेको थियो । ओमारमाथि युद्ध अपराधको अभियोग छ र उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) मा मुद्धा छ ।

७६ वर्षका ओमार गएको हप्ता सन् १९८९ को सैन्य कूलाई लिएर दायर मुद्दाको सुनुवाईका क्रममा अदालत उपस्थित भएका थिए । सोही सैन्य कूबाट सत्तामा आएका उनी दोषी ठहर भएमा मृत्युदण्ड हुने छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top