दुर्गाको मूर्ती विसर्जन गरेर फर्कदै गर्दा ट्रयाक्टर दुर्घटना, १० जना घाइते

२१ असोज ७६, बुधबार

२२ असोज, दाङ । पूजापछि दुर्गाको मूर्ती राप्ती नदीमा विर्सजन गरेर फर्कने क्रममा दाङको गढवा गाउँपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा १० जना घाइते भएका छन् । जिल्लाको गढवा गाउँपालिका वडा नं. ५ बोधिपुरस्थित लमही–गढवा सडक खण्डमा रा १ त ३२११ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएका हुन् ।

गढवा गाउँपालिका वडा नं. ६ निवासी ५५ वर्षीया अनारकली यादव, ३५ वर्षीया टिकाराम यादव, १४ वर्षीया युवराज यादव, २५ वर्षीय राकेश यादव गम्भीर घाइते छन् । उनीहरूलाई लमहीमा प्रारम्भिक उपचारपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।

मंगलबार बेलुका ८ बजेतिर भएको उक्त दुर्घटनाका अन्य घाइतेमा गढवा गाउँपालिका वडा नं. ६ निवासी ८ वर्षीया अनुसा यादव, ११ वर्षीय प्रमेश यादव, १८ वर्षीय रविन्द्रकुमार यादव, ७ वर्षीय जपसन यादव, १५ वर्षीय महेश यादव र ११ वर्षीया अप्सन यादव छन्। घाइतेमध्य अनुसा,

Advertisement

प्रमेश र अप्सनाको अवस्था मध्यम खालको रहेको तथा अन्यको अवस्था सामान्ने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ट्रयाक्टर चालक दुर्घटनालगत्तै फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्लालय गढवाले अरू ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना परेको जानकारी दिएको छ । दुर्गाको मूर्ति र पूजा सामग्री राप्ती नदीमा सेलाउन लस्करै ४र५ वटा ट्रयाक्टर गएका थिए। फर्कने क्रममा रा१त ३२११ नम्बरको ट्रयाक्टरले अन्य ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा सडकको ब्लकमा परेपछि ट्रली मात्र पल्टिँदा उक्त दुर्घटना भएको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top