६ जेष्ठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
पार्टीका शीर्ष नेताहरुसहित सिंहदरबार पुगेका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई नागरिकको जीवनप्रति जिम्मेवार रहन आग्रह गरेका हुन् ।
कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरिदमा भएको अनियमितताको छानबिन गर्न समेत उनले माग गरेका छन् ।
यस्तै, खोप किन्ने कुरामा पनि भ्रष्टाचार भएको भन्दै उनले ध्यानाकर्षण गराएका छन् ।
जवाफमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको बताए ।