द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको न हो, देशलाई खाँचो त थिएन संघीयताः गोकुल बाँस्कोटा

0SHARES

२२ कार्तिक २०७७ नेपाल टाईम्स

२२ कार्तिक, विराटनगर।

पूर्वमन्त्री गोकुल बाँस्कोटाले संघीयता बाध्यता भएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा उनले द्वन्द्व व्यवस्थापनका लागि संघीयता मानिदिएको बताएका छन् । ‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम । यसमा चाहिँ के प्रतिगमन भएछ हँ ? प्रदेशहरू खारेज भएको त छैन ।

द्वन्द्व व्यवस्थापनका लागि मान्दिनुपरेको न हो, देशलाई खाँचो त थिएन संघीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलबार घुमाउने भएछन् । कमरेडका दुःख पनि कहिल्यै नसकिने के’

प्रधानमन्त्रीनिकट मानिने पूर्वमन्त्री बाँस्कोटाले लेखेका छन् । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्न परिपत्र जारी गरेपछि यसमाथि बहस गर्ने र प्रश्न उठाउनेलाई पूर्वमन्त्री बाँस्कोटाले जवाफ दिएका हुन् ।

गत ११ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा २८ असोजमा जारी जारी परिपत्रमा उल्लेख छ ।

कानुन मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ ।

विज्ञापन बक्स