१६ असार, विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमवार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटा तर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीतभई दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पु¥याई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ट्रक चालकको मृत्यु भउका हो ।
चालक मोरङको सुन्दरहरैचा नगरपालिका ९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त दुर्घटनामा कल्पना सुब्बाको १२ बर्षीया छोरी जुनु सुब्बा सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।