धरहराभन्दा माथि उक्लिएका ओलीका दम्भहरुको कुनै अर्थ छैनः माधव नेपाल

१० वैशाख, जनकपुरधाम । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् ।

ओलीसँग बिहीबार भएको भेटले थोरै आश जागेपनि शुक्रबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको उनले बताए ।

पार्टी अध्यक्ष ओलीसँग दुई दिन भएको वार्ताको फेहरिस्ता सुनाउँदै नेता नेपालले शुक्रबार जनकपुरधाममा भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँमा माने मान, नमाने बाटो खुला छ भन्‍ने दम्भ छ ।’

Advertisement

आफूले पछिल्लो समय बालुवाटारको बालुवा पेलेर तेल निस्कनेबेला छैन भन्दै आएको भएपनि बिहीबार भएको छलफलका क्रममा भने अलिकति आशा जागेको उनले सुनाए ।

त्यो दिन उनले अध्यक्ष ओलीलाई भनेका थिए, तपाईँको अध्यक्ष पद पनि खोस्न खोजेको होइन । प्रधानमन्त्रीबाट हट्नुस् पनि भनेको छैन । बस्नुस् प्रधानमन्त्री, तर पार्टीलाई सिस्टममा चलाइदिनुस् । माधव नेपाललाई पद चाहिएको छैन । बहुमत पु¥याएर निकाल्छ र प्रधानमन्त्री हुन्छ कि भनेर तर्सिनु पर्दैन ।’

Advertisement

ओलीले ‘त्यसो भए केही उपाय छ त ?’ भनेर सोधेका थिए । आफूले ‘म उपाय खोज्छु, सरकारलाई स्थायित्व दिन भूमिका खेल्छु’ भनेको नेता नेपालले सुनाए ।

तर शुक्रबार आफूसँग छलफल गर्नुअघि नै ओलीले आफूहरुको हुर्मत लिने सोच देखिएको उनले सुनाए । पार्टी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा धुरन्धर गाली गरेको र भेटवार्तामा पनि ओली त्यसरी नै प्रस्तुत भएको उनले बताए ।

‘मैले भने अब (२०७५) जेठ २ मा फर्किऔं कमरेड । पार्टीलाई एकताबद्ध बनाऔं, मिलेर जाऊँ । क–कसलाई थप्नुपर्छ, त्यही छलफल गरौं । रामबहादुर थापा थपिएर केही फरक पर्दैन । हामी पनि २÷४ जना मान्छे थपिदिउँला भनेर मैले भनेँ’ अध्यक्ष ओेलीसँग मेरियट होटलमा शुक्रबार भएको सम्वाद उनले सुनाए ।

‘तर उहाँले हुँदैन । तपाईहरु किन आउनु भएन भन्नुभयो ।’ ‘मैले भने, बोलाउनु भएको थियो ?’

‘बोलाएको हो, तपाईको मोबाइल बिग्रिएको थियो रे !’ अध्यक्ष ओलीले दिएको जवाफ सुनाउँदै उनले अघि भने, ‘यस्तो पनि हुन्छ ? सबैको मोबाइल बिगिन्छ ?’

सम्वादका क्रममा आफूले जो अधिवेशनबाट जितेर आएका थिए, एकीकृत पार्टीको पनि अध्यक्ष थिए, अहिले तपाईले हटाउन मिल्छ ? भनेर सोधेको नेता नेपालले सुनाए ।

‘उहाँले भन्नुभयो, मिल्छ । राम्रो भूमिका खेलेन हटाइदिएँ ।’ ‘अनि तपाईले हटादिएँ भनेर हामी मान्छौं ? मनु सिक्देल, टोकबहादुर बाइवा, गोबिन्द न्यौपाने सबै माधव नेपाल निकट मान्छेहरु हुन् । उनीहरु सबैलाई कुन विधानबाट हटाइदिने ?’ नेता नेपालकाअनुसार उनले ओलीलाई प्रश्न गरेका थिए ।

ओलीको जवाफ थियो, ‘उनीहरुले भूमिका खेलेनन्, चेन्ज गरेँ ।’

नेता नेपालका अनुसार अध्यक्ष ओलीले शुक्रबार बोलाएको बैठकमा आए तपाईको ६ महिनाको कारबाहीबारे विचार गरौंला भनेका थिए । ‘मैले भनेँ, तपाईले मलाई पार्टीबाट निकाल्ने ? जो माधव नेपालले आन्दोलन र संगठन सञ्चालन गर्दै आएको छ, कसैले निकालेर निक्लिने बाला छैन भनेँ’ नेता नेपालले भने ।

अध्यक्ष ओलीसँग दुई दिन भएको भेटबाट आफूले निकालेको निष्कर्ष सुनाउँदै उनले एमाले नेता नेपालले भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँ माने मान, नमाने बाटो खुला छ यो ढंगको अहंकार, दम्भ छ ।’

केपी ओलीका दम्भहरु धरहराभन्दा माथि उक्लिएको वरिष्ठ नेता नेपालले बताए । शुक्रबार भएको भेटमा अध्यक्ष ओलीले धरहरा हेर्दा त्यही दम्भ देखाएको भन्दै उनले भने, त्यो दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन र पार्टी छोड्दैनौं ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top