धरानबाट लागुऔषध र जंगली जनावरको अंगसहित ३ जना पक्राउ

१० असार ७७, बिहीबार

१० असार, धरान ।

सुनसरीको धरान उप महानगरपालिका -२० बिष्णुपादुकाबाट लागुऔषध तथा जंगली जनावरको अंग सहित तीन जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे बिष्णुपादुकाबाट धरान तर्फ जाँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पुको सिटमुनी सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २४५ ग्राम अवैध लागुऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ थान, जंगली जनावर घोरल मृगको सिंग जस्तो देखिने स-साना सिंग ४ थान र कस्तुरी मृगको सिंग जस्तो देखिने छाला सहितको सिंग २ थान बरामद गरेको हो ।

Advertisement

लागुऔषध तथा जंगली जनावरको अंग समेत बरामद भए संगै उक्त टेम्पोका चालक धनकुटा सहिदभुमी गाँउपालिका-१ घर भई धरान-११, बस्ने २९ बर्षीय नन्दीमान राई, सोही टेम्पोमा सवार सहिदभुमी गाँउपालिका-१ घर भई धरान-११, बस्ने १९ बर्षीय दिनेश भन्ने सबिन राई र उदयपुरको कटारी नगरपालिका-२ ताप्ली घर भई धरान-११ बस्ने २० बर्षीय सागर राईलाई समेत पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनाएको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा जंगली जनवारको सिंग र पंक्षीको प्वाख आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top