धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्छ : गगन थापा

१५ पुस ७४, आइतबार

काठमाडौँ, पुस १६
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाशुपत क्षेत्र तथा त्यस वरपर क्षेत्रका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित थापाले आज त्यस क्षेत्रको घरदैलो कार्यक्रमपछि आयोजना गरिएको कोणसभामा जयबागेश्वरीदेखि कुटुबहालसम्मका जीर्ण धार्मिकस्थलको संरक्षणका लागि पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे ।

उनले ऐतिहासिक महत्व बोकेको चारुमती बुद्ध विहारमा आज आयोजित पूजामा दीप प्रज्वलन गर्दै उक्त विहारको संरक्षण गरी त्यहाँको प्राचीनताका बारे प्रचारप्रसारमा आफूले भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।

Advertisement

सोही क्षेत्र प्रदेश (क) बाट नवनिर्वाचित सांसद नरोत्तम वैद्यले भित्री सडक विस्तारका क्रममा भइरहेको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा समस्या भइरहेको बताउँदै अब स्थानीय तहले पूर्वाधार विकास तथा ढल व्यवस्थापनमा माथिल्लो निकायसँग समन्वय गरी छिटोछरितो काम गर्नुपर्नेमा जोड दिए । ।

तरुण दलकी नेत्री राधा घलेले स्थानीय धार्मिकस्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताइन् ।

Advertisement

विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विहारले गरेका विभिन्न सामाजिक तथा धार्मिक गतिविधिका बारे जानकारी गराउनुभयो ।

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top