Nepal Times
Nepal Times
3
Shares

अब रजनीकान्त पनि राजनितिमा आउने

अब रजनीकान्त पनि राजनितिमा आउने

एजेन्सी,पुस १६

दक्षिण भारतका सुपरस्टार रजनीकान्त पनि अब राजनितिमा आउने भएका छन् । उनले आफ्नै पार्टी बनाएर राजनितिमा आउने घोषणा गरेका हुन् ।

राजनितिमा आएर उनले दक्षिण भारतको तमिलनाडुमा आगामी मेमा हुने विधानसभा चुनाव लड्ने बताएका छन् । तमिलनाडु लोकतन्त्रको खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताएका छन् ।

चर्चित अभिनेता रजनीकान्तले सर्वराधारणलाइ पनि राजनीतिमा आउन पनि अपील गरेका छन् । उनले अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा पनि गरेका छन् ।

प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो । ६७ वर्षीय रजनीकान्तले प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग भएकाले आफु सोही अनुरुप अडाडी बढ्ने बताउदै २०२१ मा तमिलनाडुका सबै सिटमा चुनाव लड्ने उद्घोष गरेका छन् ।

जयललिताको निधनपछि तमिलनाडुको राजनीतिमा एक खालीपन आएको छ । जयललिताको लोकप्रियता यति थियो कि त्यो रिक्तता भाजपा वा कांग्रेसले पूर्ति गर्न सकेका छैनन् । जयललिताको पार्टी एआईएडीएम भने अन्तरिक विवादमा फसिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.