NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

शनिबार फाल्गुन १५ , २०७७
Reading Time: 1 min read
A A
धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ फागुन, तनहुँ ।
पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ ।

कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेलिरहेका माछाले जस्तासुकै तनावमा रहेको मानिसको पनि मन शान्त तथा आनन्दित बनाउनु यहाँको विशिष्टता हो । मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्व अझै बढ्दै गएको आँबुखैरेनी गाउँपालिका–१ का वडा अध्यक्ष किसन थापाले बताए ।

LS Auto

पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणसँगै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ आफूहरू सक्रियताका साथ लागेको उनले बताए ।

पर्यटक लक्षित गरी स्थानीय युवाले पनि होटेल व्यवसायमा लगानी बढाउन शुरु गरेका छन् । “आँधिमूल पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ, हामीले ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार गर्दै यसको विकासका लागि काम अघि बढाएका छौँ”, वडाध्यक्ष थापाले भने ।

पछिल्ला वर्षमा स्थानीय तहका साथै गण्डकी प्रदेशले पनि यसको विकासलाई चासो दिएको छ । आँधिमूलमा तनहुँ, कास्की, गोरखा, लमजुङलगायत आसपासका जिल्लाका साथै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी युवराज मास्के मगरले जानकारी दिए ।

यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पनि दर्शनार्थीको आकर्षण बढ्दै गएको उनको भनाइ छ । मन्दिरको उत्पत्ति सम्बन्धमा विभिन्न रोचक तथ्य रहेको बताउँदै उनले एक किंवदन्तीअनुसार परापूर्व कालमा एक जना बज्यै र उनकी नातिनी गाई चराउन यस ठाउँमा आएछन् ।

नातिनीलाई प्यास लागेछ । पानी खोज्दै जाँदा यहाँ छिपछिप पानी भेटिएछ र प्यास मेटिछन् । मगर भाषामा आँ भनेको प्यासअर्थात् तिर्खा र डि भनेको पानी भनिने भएको भएकाले तिर्खा मेटाउने पानी रहेको स्थानका कारण यसको नाम आँडिमूल भएको र पछि अपभ्रंस भई आँधिमूल भन्ने गरिएको तर्क छ ।

यसको वास्तविक पहिचान आँडिमूल भएकाले आगामी दिनमा ठाउँको नाम आँडिमूल नै भन्नुपर्ने स्थानीयवासी बताउँछन् । त्यस्तै अर्को किंवदन्तीअनुसार परापूर्वकालमा मावली भेट्न आउदै गरेकी चेलीबीच बाटोमा पर्ने जङ्गलको बिचमा आइपुग्दा ठूलो आँधिबेहरी आएछ ।

आँधिबाट जोगिन यस स्थानमा रहेको चापको रुखको फेदमा रहेको ओडारमा ओत लाग्न पुग्दा त्यही अलप भइछन् । पछि सपनामा आफन्तलाई रुखको फेदमा आँधिमूल बाराही रहेको र त्यहाँ नित्य नसके पनि पूर्णिमाको दिन धुप दीप गरी पूजाअर्चना गर्नु भन्ने आदेश भएछ ।

सो स्थानमा उत्खनन गर्दा शिला (बाराही) उत्पन्न भएपछि सोही रुखको फेदबाट निस्किएको पानीको मूललाई पोखरीको रुपमा परिणत गरियो । सोही समयबाट आँधिमूल बाराही र पोखरीमा उत्पन्न भएका माछा (मत्स्य अवतार)लाई यहाँका बासिन्दाले पुज्दै आएको जनविश्वास छ ।

पोखरी नजिकैको वनलाई संरक्षित वनको रुपमा संरक्षण गर्नुपर्ने, पोखरी रहेको माछालाई हुचिल र सर्पबाट जोगाउनु पर्ने, केटाकेटी र वस्तुभाउबाट जोगाउनु पर्ने, माछालाई चाराको व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने तथा मन्दिर क्षेत्रमा बढ्दै गएको फोहोरमैला उचित व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

दर्शनार्थीले विभिन्न कामना गर्दै यहाँ आएर परेवा उडाउने, बोका तथा कुखुराको बलि दिने गर्दछन् । पछिल्ला दिनमा आँधिमूल बाराही देवीको पूजा तथा दर्शन गर्न आउँछन् भने कतिपय अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।

स्थानीय तहका साथै प्रदेशबाट पनि आँधिमूलको प्रवद्र्धन र विकासमा चासो दिएसँगै आगामी दिनमा यहाँको थप विकास हुने आशा जगाएको स्थानीवासीले बताए ।

नेपाल सरकारले देशभरबाट १०० पर्यटकीय गन्तव्य सार्वजनिक गरेपछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्येक जिल्लाका १०÷१० पर्यटकीय गन्तव्यको पहिचान गर्दै पर्यटन प्रवद्र्धन हुने गरी पर्यटनको पूर्वाधार विकासमा बजेटसमेत विनियोजन गर्दै आएको छ ।

प्रदेश सरकारले तनहुँ जिल्लामा आँधिमूल बाराहीसहित बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाब्दी बराही, व्यास गुफा, घाँसी कुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बूढी देवता मन्दिर र र्मिलुङकोटलाई पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।

यस क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश एवं स्थानीय तहको सहकार्यमा रु १५ लाख विनियोजन गरी तारबारलगायतका काम गरिएको आँबुखैरेनी गाउँपालिकाका उपप्रमुख पुष्पादेवी श्रेष्ठले जानकारी दिए ।

यस क्षेत्रको संरक्षण र विकासका लागि आँधिमूल युवा क्लबका साथै यहाँको आँधिमूल महिला समूहले पनि उत्तिकै चासो दिएको छ । आँधिमूल महिला समूहले विसं २०५४ मा यहाँस्थित पानीको कुण्डभित्र शिवलिङ्ग स्थापना गरेको समूहकी संस्थापकसमेत रहनुभएकी उपप्रमुख श्रेष्ठले बताए ।

पृथ्वी राजमार्गको सत्रसयदेखि आँधिमूलसम्मको मार्गलाई कालोपत्रे गर्ने तयारीका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरिएको छ ।

जङ्गलको खोचमा अवस्थित यस तीर्थस्थलमा पर्यटक सवारी साधनबाट सहजै पुग्न सक्दछन् । हिँड्न रुचि राख्ने पर्यटक आधा घण्टाको पैदलमार्ग हुँदै पुग्न सक्ने स्थानीयवासी गाउँकार्यपालिका सदस्य सरस्वती अधिकारीले जानकारी दिए ।

उनका अनुसार पछिल्ला वर्षमा विशेषतः सार्वजनिक बिदाको दिनमा मानिस यस स्थानमा घुम्न र वनभोजका लागि पर्यटक आउने गरेका छन् । यहाँको मनोरम दृश्यले आन्तरिक एवं बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधिमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।

परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

प्राकृतिक एवं सांस्कृतिक रुपमा आँधिमूल र आसपासको क्षेत्रको महत्व रहेको पर्यटनविद् हरिसिंह गुरुङले बताए । “यहाँको प्रकृति र संस्कृतिलाई जोड्दै आँधिमूललाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने धेरै सम्भावना छ”, उनले भने ।

आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले यस क्षेत्रको विकासलाई गाउँपालिकाले महत्व दिएको बताउँदै यसका लागि सबैको साथ र सहयोग अपरिहार्य हुने बताए । आँधिमूलको पर्यटकीय सम्भावनालाई उजागर गर्न विभिन्न सङ्घ संस्थाले पनि चासो दिँदै आएका छन् ।

यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फेनिज) गण्डकी प्रदेशले हालै आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम आँधिमूलमा नै सम्पन्न गरेको फोनिज गण्डकीका अध्यक्ष एमवि आस्थाले बताए ।

“आँधिमूलको पर्यटकीय सम्भावनालाई उजागर गर्न पनि हामीले यसै ठाउँमा अन्तक्र्रिया गरेका हौँ”, उनले भने, “यस्ता पर्यटकीय सम्भावनायुक्त स्थानको प्रवद्र्धनमा फोनिजको सधैँ साथ र सहयोग रहने छ ।” (रासस)

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.