नगरपालिकाको केन्द्र सार्ने निर्णयमा सर्वाेच्चको अंकुश

२० असोज ७७, बुधबार

२१ असोज, काठमाडौँ ।
तनहुँ जिल्लाको भानु नगरपालिकाको केन्द्र अहिले कायम रहेको स्थानबाट तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अहिले कायम रहेको नगरपालिकाको वडा नम्बर २ बाट अन्यत्र सार्ने चलखेल भएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले तत्कालनसार्न भनेको हो ।

नगरपालिकाको निर्णय विरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले रिट निवेदन दर्ता गराएका थिए । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले असोज १६ गते तत्काल अन्यत्र नसार्न अन्तरिम आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई २९ गते बोलाएको छ ।

नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् । वडा नम्बर २ फुस्रेटारमा नगरपालिकाको कार्यालय रहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीहरुलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने स्थानीयको भनाई छ ।

अहिले कायम रहेको वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय, गत असोज १ गतेबाट वडा नं. १ स्थित भन्सारमा रहेको शहरी विकास आयोजनाको भवनबाट ३ वर्षको लागि भाडामा लिएर कामकार्वाही सुरु भएपछि स्थानीयले विरोध जनाउँदै आएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top