Nepal Times
Nepal Times
3
Shares

जाजरकोटमा जिप दुर्घटना: वडाध्यक्षसहित ५ जनाको मृत्यु, २ बेपत्ता

जाजरकोटमा जिप दुर्घटना: वडाध्यक्षसहित ५ जनाको मृत्यु, २ बेपत्ता

२१ असाेज, काठमाडाैँ ।

जाजरकोटकाे जुनीचाँदे गाउँपालिका- १, औलभीरमा भे १ ज ९३५ नं.को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेका २ जना बेपत्ता रहेका छन् ।

दुर्घटनामा जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिए । जिप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको उनले बताए । दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते रहेकाे र बेपत्ताको सनाखत हुन नसकेकाे डिएसपी श्रेष्ठले बताए ।

जुनीचादे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार तथा बेपत्ताको खोजी गरिरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.